१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025

कोरोना संक्रमण दाेब्बर, थपिए २४४४ संक्रमित


२७ पुस २०७८, मंगलबार  

0
Shares

काठमाडौं :

नेपालमा कोरोना संक्रमणदर दोब्बर भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर २ हजार ४ सय ४४ जना कोरोना संक्रमण पुष्टि भएको छ।

यो संख्या सोमबार १४४६ थियो। थोरै संख्यामा परीक्षण बढाउँदा संक्रमितको संख्या झण्डै दोब्बर भएको हो।

मन्त्रालयको विवरण अनुसार १५ हजार ३३ जनामा गरिएको पिसिआर तथा एन्टिजेन परीक्षणमा २ हजार ४ सय ४४ जना संक्रमित थपिएका हुन। मंगलबार एक जना संक्रमितको मृत्यु भएको छ।

३ सय १३ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने हाल देशभर ९ हजार ५ सय २२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ।

 

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ११ : ११ बजे