७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

चलचित्र ‘थिम’ले पायाे इन्करेजमेन्ट अवार्ड



काठमाडौं : लिम्बू भाषा, संस्कृतिमा बनेका फिल्म, म्युजिक भिडियो र पालामको संयुक्त अवार्ड ‘एफएलएफ अवार्ड २०७८’ नेपाल चलचित्र विकास बोर्ड काठमाडौंमा सम्पन्न भएको छ । पूर्व गृह तथा रक्षामन्त्री रामबहादुर थापा ‘बादल’ प्रमुख अतिथि रहेको अवार्डमा लिम्बू फिल्म ‘थिम’ ले ‘इन्करेजमेन्ट अवार्ड’ प्राप्त गरेको हो ।

याक्थुङ् फिल्मस प्रा.लि.द्वारा निर्मित चलचित्र थिमको छायाँकन पान्थर र ताप्लेजुङको विभिन्न रमणिय स्थलहरुमा गरिएको छ । चलचित्रलाई निर्देशक खम्बु, सागर केरुङ, कृष्णराज नेम्बाङ, डिबि खुदाङ र भोजराज साँबाले संयुक्त रुपमा निर्माण गरेका हुन् । त्यसैगरी सह–निर्माताहरूमा नन्दुभाइ मेन्याङबो, मानबहादुर साँवा र दिपक राजवंशी रहेका छन् । सागर केरुङको लेखन रहेको यो चलचित्रको मुख्य सहायक निर्देशक दिनेश माङ्मु, साहायक निर्देशक डिआर हाङ्सरुम्बा, रेगन प्रसाईं र अम्बरबहादुर तुम्बापो रहेका छन् ।

त्यसैगरी बिक्रम डिसिको छायाँङ्कन रहेको ड्रोन अपरेटर बिक्रम याम्फु रहेका छन् । त्यसैगरी नृत्य निर्देशकमा माङ्मु र सहायक निर्देशकमा निङ्वा नेम्बाङ् रहेका छन् भने नृत्य फिदिमस्थित बरदान संगीतालयको रहेको छ ।

पुर्वी नेपालको लिम्बुवानमा हजारौं बर्ष देखि बसोबास गर्दै आएको लिम्बु जातिहरुको मुन्धुमलाई दर्शनको रुपमा मान्ने लिम्बू जातिहरुको आफ्नै भाषा, लिपि, धर्म, कला, संस्कार, संस्कृति, पहिचान र मूल्य मान्यताहरु छन् । आफूलाई आदिम जाति भएको हुँदा यहाँको भूमिपुत्र हुँ भन्ने यथार्थलाई चलचित्रमा समेटिएको छ ।

लिम्बु जातिको जातिय परम्परा, रितिरिवाज अनुसार जन्म, विवाह र मृत्यु कर्मलाई संस्कार (थिम) अनुसार गर्नु पर्छ भन्ने चेतनामूलक सन्देश बोकेको थिमले लिम्बू समुदायलाइ सुन्दर र सभ्य बनाएको छ । पहिला सूचना दिने कुनै साधनहरु थिएन सो बेला जन्म, मृत्यु संस्कार, विहाह संस्कार जस्ता थिम् (संस्कार)हरुमा एकले अर्कालाइ आमन्त्रण गर्न नसकुने भनेर काइँजलको फल पड्काउने, बाँसको ढुँग्रोमा पानी लगाएर पोलेर पड्काउने गर्दथ्ये । जोडी पड्के सुभ संकेत र बेजोडी पड्के असुभ संकेत भएको बुझेर मान्छेहरु जम्मा हुन्थे ।

यि संस्कारहरु गर्ने कर्मकाण्डमा पछि बन्दुक पड्काउने प्रचलन आएको थियो तर नेपालको संसोधित मुलुकी ऐन २०७४, नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२९ को धारा १ ‘क’ र ‘ग’ र उपधारा २ जस्ता ऐनहरुको ब्यवस्था गरि लिम्बू जाति मानिआएको परम्परा रोकेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ४ : ५३ बजे