युमाको प्रतिक मानिने थोक्फेला (लालिगुरास) किरात लिम्बु समुदायको मिथ्मा जिवनको प्रति विम्ब मानिन्छ । यो नेपालको राष्ट्रिय फूल हो । अक्सर मानिसहरु प्रकृतिको सुन्दर दृष्य र मनमोहक अनुभुतिमा डुबुल्कीन चाहान्छन् ।
चैत बैशाखमा मौसम फेरिने समय हो । यस समय प्राय रुखका पात झरेर नयाँ पालुवा पलाउँदै गरेको हुन्छ । तर थोक्फेला, मनै फूरुङग हुने गरी फुलरिहेको छ ।
पुर्वि नेपालको विभिन्न पहाडि क्षेत्रहरुमा यस समय थोक्फेला फूलेको दृष्यले मनै फूरुङग हुन्छ । खासगरी थोक्फेलाको राजधानी मानिने तेह्रथुम तिन्जुरे, ताप्लेजुङ मुकुम्लुङ र पान्थरको लोबे्र, सुके पोखरीको परिवेशको दृष्य विभिन्न सामाजीक सन्जाल छाएको छ ।
थोक्फेलामा मानिसमात्र नभई चरा चुरुङ्गी, र भमरा पनि उत्तिकै झुमेको देखिन्छ । प्रायः कामको बोझ, थकान, तनाव थोक्फेलाले भुलाउने गरेको अभिव्यक्ति पाइन्छ । नेपालमा ३२ प्रजातीका थोक्फेला पाइन्छ ।
मिथ्मा बाँस (कुटुनी) उत्तिस (कुटुम्ब) भएर र थोक्फेला÷लालिगुराँस लाई हेर्न जाँदा बर्खा याममा गुमुक्क परेर बस्दा उत्तिसले चित्त बुझदो नदेखेपछि । थोक्फेलाले आफुलाई हेर्न चैत, बैशाखमा बोलाएको र खासै जाउँ कि ? नजाउँ ! दोधारै हुदै अन्योलमा गएर हेर्दा त आम्माई ! छक्कै, दङ्ग, फुरुङगै भएर उत्तिस भिरमा लडि पसि गएको र अहिले पनि उत्तिस जताततै प्राय भिर पाखामा हुने गरेको । उत्तिस हेरिपठाउँदा बाँस नुईएको अझै सम्म नुईएको नुईएकै भएको भन्ने मिथ् छ ।
आफू र आफ्नो समय चिन्न सक्नु पर्छ । सधै सबै समय आफ्नो लागि हुदैन तर आफनो समयमा कुनै कसुर छोड्न हुदैन ।