तिमि जे सोच्छौ, त्यो तिम्रो नितान्त व्यक्तिगत सोच होइन । तिम्रो सोचको पनि मालिक वा नियन्त्रक छ, त्यसैलाई मुन्धुमले ‘तागेरा निङ्वा भुमाङ’ भन्छ ।
कहिलेकाहीँ हिँड्दाहिँड्दै खाँदाखाँदै बोल्दाबोल्दै वा काम गर्दा गर्दै मनमा केहि कुराहरु झ्ल्यास्स आँउछ। कुनै आइडिया अचानक फुर्छ, समस्याको समाधान अचानक मनमा फुर्छ , आदि इत्यादि हुने गर्छ, हो त्यो नै हो मुन्धुमले भनेको ‘तागेरा निङ्वा भुमाङ ‘ जस्लाई बुद्धिजीवीहरुले ठाडो उल्था गरेर ‘जता बाट पनि आइपुग्ने इश्वर ‘ भनेर व्याख्या गरिदिए ।
मुन्धुमले तागेरा निङ्वा भुमाङको सर्वोच्चतालाई औल्याएको छ । तागेरा निङ्वा भुमाङ सृष्टिकर्ता हो । यो ब्रह्माण्डको रचियता हो । आदिदेव पोरोक्मि यम्भामिमाङले सम्पुर्ण जलचर, थलचर सृष्टि गर्दा पनि यो सृष्टि नसुहाँउदा उनै तागेरा निङ्वा भुमाङले आदि देवलाइ बुद्धिविवेक दिएका थिए । र, त सबैभन्दा अन्तिममा इश्वरको कान्छो सन्तान हामि मान्छे बन्यौ अनि इश्वरको सृष्टि बल्ल सुहायो ।
कहिलेकाहीँ हिँड्दाहिँड्दै खाँदाखाँदै बोल्दाबोल्दै वा काम गर्दा गर्दै मनमा केहि कुराहरु झ्ल्यास्स आँउछ। कुनै आइडिया अचानक फुर्छ, समस्याको समाधान अचानक मनमा फुर्छ , आदि इत्यादि हुने गर्छ, हो त्यो नै हो मुन्धुमले भनेको ‘तागेरा निङ्वा भुमाङ ‘ जस्लाई बुद्धिजीवीहरुले ठाडो उल्था गरेर ‘जता बाट पनि आइपुग्ने इश्वर ‘ भनेर व्याख्या गरिदिए ।
मान्छेलाई बनाउदा आदिदेवले तागेरा निङ्वा भुमाङको सल्लाह अनुसार आफ्नै सासले फुकेर मान्छेमा प्राण भरिदियो । र, त मान्छे बल्ल बोल्यो अनि चहलपहल गर्न थाल्यो । त्यही भएर हामि सबैमा तागेरा निङ्वा भुमाङको अंश छ , यसैलाई नै हिन्दुहरुले जिवात्मा र परमात्मा भनि व्याख्या गरिदिए । यै फुकेको सासनै सातो भएर साप्पोक चोमेन( गर्भ पुजा) मा जिव भित्र प्रवेश गर्छ र मृत्यु पछि फेरि तै फुक्ने आदि देवकै पासमा त्यो सातो जान्छ र उनैको माध्यम बाट हामि मुक्ति हुन्छौ तै भएर मुन्धुमले “हाङ्साम इवा हन्देओ ,हाङ्साम इवा हन्देओ” हे आदि देव बाटो खोल्देउ, बाटो खोल्देउ ” भन्दै लगेर मुक्ति दिन्छ ।
यै सातो नै बारम्बार शरिर फेर्दै कैले येता त कैले उता गरिबस्छ । उस्ले अघिल्लो शरिर धारण गर्दा गरेको कर्महरुको फल अर्को शरिर धारण गर्दा पाउछ जस्लाई बुद्धिष्टहरुले ‘प्रतित्य समुत्पाद’ भनि ब्याख्या गरे र यसैलाई हिन्दुहरुले पुनर्जन्म भने । हिन्दु र बुद्धको विवादनै ,’आत्मा सर्छ कि कर्म सर्छ ? ‘ भन्नेमा हो ।
मुन्धुमले यै बारम्बार जन्म र मरणको अवस्थालाई आत्मसात गर्दै ग्यान, बुद्धि र विवेक अथवा चेतना सर्छ भनिदियो । तैभएर दुष्ट हुनु या महात्मा बनिनुमा या दरिद्र निच वा महान र सफल बनिनुमा चेतनाको महत्वपुर्ण भुमिका हुन्छ जुन अघिल्लो जन्मको कर्मले निर्धारण गर्दछ । यस्को सबैभन्दा ज्वलन्त उदाहरण आजपनि लिम्बु समुदायमा देखिने फेदाङ्मा, येबा, साम्बाहरुको आफ्नै वंशमा सरिराख्ने ज्ञान् हो ।
हामि सबै उनै सृष्टिकर्ता ‘तागेरा निङ्वा भुमाङ ‘ को पासमा जाने हो, तैभएर महागुरुले हाम्रो मुक्तिको अवस्थालाई ‘सयुज्य मुक्ति’ भने जस्लाइ अध्यात्म बुझेका बुद्धिजिविहरुले सहज मुक्ति र सबैभन्दा उच्च कोटिको मुक्ति भनेर व्याख्या गरिदिए । अबिशेक नेम्बाङको समाजिक संजालबाट साभार ।