दमक : याक्थुङ आइडल २०२१ सिजन १’का विजेता र फाईनलिष्टहरुको साथमा साँगितिक टुरको क्रममा सिक्किम बाहिर पहिलो पटक भापाको दमकमा आईपुगेको ‘याक्थुङ आइडल’ आयोजक तथा नियारा प्रडक्सनका प्रवन्ध निर्देशक नियारा सुव्वाले बताईन ।
छिमेकी राष्ट्र भारतको सिक्किममा रहेको नियारा प्रडक्सनको आयोजनामा सम्पन्न ‘याक्थुङ आइडल २०२१ सिजन १’का बिजेता सहित टप ६ फाईनलिष्टहरुको साथमा सम्पन्न साँगीतिक कार्यक्रमको अवसरमा कुराकानीको क्रममा सुव्वले सो कुरा बताएकी हुन् ।
झापाको दमकस्थित गोर्खा डिपार्टमेन्टको सभाहलमा आईतबार समाजसेवी तथा किरात याक्थुङ चुम्लुङ हङकङका पुर्व अध्यक्ष त्रिभूवन लुम्फुङवाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कुराकानीकै क्रममा उनले सिजन १ का विजेता र फाईनलिष्टहरुको साँगितिक टुर सकिने बित्तिकै ‘याक्थुङ आइडल सिजन २’ को औपचारिक घोषण गर्ने बताईन ।
आयोजक र गुरु टोली फाउण्डेसनले सिक्क्मिबाट आउनुहने तरेबा तरेमाहरुलाई सम्मान र मायाको चिनो समेत प्रदान गरेको सांगीतिक कार्यक्रममा याक्थुङ आइडल सिजन १ बिजेता पिङकी बेघा, टप ६ फाईनलिष्टहरु आशिष लिम्बू, अन्जना लिम्बू, सन्चमान लिम्बू, सुहाङ लिम्बू, सावन लिम्बू लगायत गायीका स्वस्तिका सावदेन, लक्ष्मी लिम्बु, गायक चोत्लुङहाङ केदेम, दिलिप माखिम र राजन बेघाले साँगितिक प्रस्तुति दिएका थिए ।
कलाकार तथा समाजसेवी त्रिभुवन लुङ्फुङ्वा, याक्थुङ मुनचइत चोक सयङका केन्द्रीय महासचिव बिक्रम फागो वनेम र याक्थुङ लेखक संघ केन्द्रिय कोषाध्यक्ष साङसेन पन्धाक र सिक्किमका तरेबा भिम सुव्वा लगायतले शुभकामना मन्तव्य रखेको कार्यक्रममा याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति सेसेमी से नाल्बो, भेषभूषा खोज अन्वेशक तथा वरिष्ठ कलाकार निर्देशक राजकुमार आङदेम्बे, गायक संगीतकार, गीतकार तथा समाजसेवी प्रकाश सावदेन, लिबि मञ्च झापाका कार्यवहाक अध्यक्ष दिलहाङ सङवाङफे, कलाकार तथा लेखक मिलन लावती, गुरु टोली फाउण्डेसनका अध्यक्ष बिशाल देवानलागायतको उपस्थिति रहेको थियो ।
याक्थुङ मुनचइत चोक सयङ प्रदेश १ का कोषाध्यक्ष अनिस लावतीको संयोजन तथा याक्थुङ मुनचइत चोक सयङ प्रदेश १ को आयोजनामा सम्पन्न कार्यक्रम मुन्चइतका अध्यक्ष भुपेन्द्र तुम्बाहाङफेको अध्यक्षतामा सहसचिव मिना नेम्बाङले सञ्चालन गरेकी थिईन् ।
‘याक्थुङ आइडल २०२१ सिजन १’का विजेता र फाईनलिष्टहरुको साथमा साँगितिक यात्रा यसपछि ताप्लेजुङ र तेह्रथुम सम्मको रहेको अनिस लावतीले बताए ।