विराटनगर : जनता समाजवादी पार्टी (जसपा)नेपाल प्रदेश १ संसद रामचन्द्र ( आरसी तुम्बा) लिम्बुवान,किरात प्रदेश राख्न माग गरेको छ ।
मंगलवार प्रदेशसभाको बैठकमा बोल्दै जसपाका सांसद रामचन्द्र लिम्बुले सबैसँग सहमति गरेर प्रदेश १ को नाम लिम्बुवान किरात भए आफ्नो पार्टीलाई मान्य हुने बताए ।
‘जसपाले लिम्बुवान, किरात, मधेश, शेर्पालुङ, तामाङशालीङ, नेवा, तमुवान र मगरात, खसान प्रदेश पनि मागेको हो । दक्षिणमा थरुहट प्रदेश पनि मागेको हो । तर, १ नम्बर प्रदेशभित्र मधेश, किरात, लिम्बुवान, शेपालुङ, कोच पनि यही पर्यो । सबैभन्दा धेरै लिम्बुवान र किरात प्रदेशको भूमि १ नम्बर प्रदेशमै पर्छ । त्यसो भएको कारण सबैभन्दा उपर्युक्त नाम लिम्बुवान,किरात हुन्छ भन्ने हामीलाई लागेको छ, ।
उनले भने हिजो जनताको बीचमा भोट माग्न जाँदा लिम्बूसँग लिम्बुवान भन्ने, किरातमा जाँदा किरात दिन्छु र कोचमा जाँदा कोचिला प्रदेश दिने भन्ने अनि दिने बेलामा चुप लाग्ने भन्दै प्रश्न पनि गरेका छन् । ‘त्यसकै आधारमा भोट जित्ने अनि लिम्बुवानको नाम लिन कञ्जुस्याइँ गर्ने ? त्यस्तो हुन कदापि दिनेछैन,’ उनले भने, ‘यहाँ कोशी प्रदेशको कुरा आएको छ ।
कोशी नदिको वारिपारि कुनै सभ्यताको विकास भएको छैन । कोशी त भारतमा पुगेपछि मात्रै भन्छ । के भारतलाई दिन कोशी राख्ने हो ?मानव समुदायलाई चाहिने हो प्रदेश । नदीनालालाई चाहिएको होइन ।’