वल्लो किरात , सिमाना ( साँगा पुर्ब लिखु नदी पश्चिम ) माझ किरात खम्बुवान ( लिखु पुर्व अरुण नदी पश्चिम ) पल्लो किरात लिम्बुवान ( अरुण पुर्ब टिष्टा नदी पश्चिम ।म सानो छँदा सुनेको कुरा मेरा पिताजी गाउँको एक समाजसेवी तुतु तुम्याहाङ हुनुहुन्थ्यो । समयनुसार सामान्य लेखपढ, ऐनकानुन सम्बन्धि सामान्य साक्षर , घरायसी कागजात लेख्न जान्ने , गाउँमा सानातिना झैझगडा मिलाउने एक प्रभावशाली ब्यक्ती हुनुहुन्थ्यो । पुराना पुराना कागजात संकलन गर्ने, पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरु र लिम्बुवानका सन्धि सम्झौताका थुप्रै प्रतिलिपी सारेर सुरक्षित राख्नुभएको थियो। गाउँमा सानातिना झैझगडा हुँदा गाउँ घरका बुढापाका मेरो घरमा भेला हुने , कुरा मिलाउने कामहरु हुने गर्थ्यो। प्रसंगबश त्यहि बेलामा लिम्बुवानको किपटको बारेमा बुढापाकाहरु के भन्थे भने लिम्बुवानका प्रतिनिधि मण्डल र गोर्खाका राजा पृथ्वीनारायण शाहका प्रतिनिधि मण्डल बीच सहमतिमा तामाको ठूलो भाँडामा नून र पानी लगाएर तामाकै डाडु पन्युँले बेस्सरी घोलेर हत्केलामा पस्केर सुरुप सुरुप पिउँदै यो नूनपानी बिलाए झैं हामी एउटै जीउ भई मिल्यौं। लिम्बुवानबासी लिम्बुको राजपाट,सुब्बाङ्गी , किपट जग्गा जमीन र खाइपाइ आएको अधिकार खोसिने छैन। खोसेमा यो नून बिले जस्तै बिल्नु परोस् भन्दै सत्तेबाचा गरेको , कसम खाएको छ। हाम्रो राजपाट खोस्यो मास्यो भने हामीले केही गर्नुपर्दैन त्यही नूनपानी , सत्तेबाचा कसम खाएकोले सर्वनाश गर्छ। पछि गएर यहि नूनपानीले राजालाई खान्छ है भन्थे। यो मैले सुनेको एकखालको किंवदन्ती जस्तै हो । संयोगबश नेपाली राजतन्त्र यस्तै अवस्थामा गुज्रिन पुग्यो । यो किंवदन्ती चाहिँ नेपालको राजपरिवार शाहबंशभित्र गहिरो अध्ययन र सूचना छ र पश्चाताप पनि भएको रहेछ भन्ने कुरा पछिल्लो समयमा लारुम्बा माङसेबुङमा पुर्बराजा ज्ञानेन्द्र शाहको गुरु दर्शन भेटमा आएपछि थाहा भयो।
लिखित इतिहास र प्रमाण
गोर्खाका राजा पृथ्वीनारायण शाहले गोर्खा राज्यको बिस्तार गर्ने क्रममा पल्लो किरात लिम्बुवान क्षेत्रलाई १७ औं पटकसम्म आक्रमण गर्दा पनि बिजय हासिल नगरेपछि अन्तमा लिम्बुवानसँग सन्धी सम्झौता गर्दा तादी देखिन अनादिकालदेखि यो किरात मुलुक अरु राजा रजौटा मासिने तिमी किरातेश्वर कहिल्यै नमासिने अघि दश पुस्तासम्म चक्रवर्ती सम्राट हो।
अगि चीन तिब्बत र अरु राजा बासा बादशाहहरुले पनि तिम्र बंश भाषा लिपीलाई समर्थन गरिल्याएको मैले जानेको छु। त्यसैले तिम्रो राजपाट मेरा नाता शाखा सन्तानले जिमीभुमी रहुन्जेल खोस्ने छैन। खोसेमा चन्द्र सुर्जे ,आकाशको तेत्तीस कोटि देवता पातालको नागनगेनी, पृथ्वीमा मानीपुजी ल्याएको देवीदेवता सिमेभुमे नागनगेनी मेरो पनि नाता शाखा र राजपाट सदाका लागि भस्म होस् भनी बि सं १८१४ साउन १८ गते सोमबारका दिन सम्झौता भएको ताम्रपत्र छ। उक्त तामापत्रमा राष्ट्रका अराध्यदेव श्री पशुपतिनाथको नाम समेत उल्लेख छ।
निष्कर्ष
तत्कालीन किरात लिम्बुवानसँग सम्झौता गर्ने गोर्खाका राजा पृथ्वीनारायण शाह एक प्रतिनिधि पात्र हुन् । यो किरात लिम्बुवान भुमी उपर भएको यस्तो पेचिलो सत्ते बाचा कसम सहितको सन्धी सम्झौता अनुसार बिश्वास र आस्था आफ्नै ठाउँमा भएपनि जोकोहीले यो भुमिउपर अपराध सोच्नु हुँदैन सोचे गरेमा अनिष्ट हुन्छ भन्ने संकेत हो भन्ने मनोबैज्ञानिक बिश्वास र आधार हो। त्यसैले अब प्रदेश नं १ को नामाकरणमा यहाँका रैथाने बासिन्दाको मनोबिज्ञान अध्ययन गर्दा कोशी , सप्तकोशी वा सगरमाथामा चित्त बुझाउला जस्तो देखिदैन ।
एकात्मक सोचको कारण पहिचानको विरुद्धमा पछि आएर हिन्दु ऋषिको नामबाट नामांकित कोशी वा इतिहास शिरोमणि कौशिक बाबुराम आचार्यले नामाकरण गरेको सगरमाथा साझा पहिचान भन्दै प्रदेश १ को नामाकरण जबर्जस्त दुष्प्रयास भयो भने देश द्वन्दमा फँस्न सक्ने संभावना छ।
पहिचानको आधारमा प्रदेश नं १ को नामाकरण गरिनुपर्नेमा माओबादी , जसपा , सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ,नेकपा एस प्रष्ट देखिन्छन् भने ठुला दल नेकपा एमाले र नेपाली काँग्रेस पहिचानको विपक्षमा छन् । यसको हिसाबकिताब आगामी चुनावमा यहाँका आदिवासीले निर्धक्क गर्नुपर्ने देखिन्छ र यहाँका आदिवासीको पहिचान र अस्तित्वमा धावा बोल्ने पार्टीका उम्मेदवारहरुलाई मतदान गर्नुको औचित्य सकिन्छ। किरात र लिम्बुवान खम्बुवान शब्दावलीलाई बिपक्षीले साम्प्रदायिक जातीय जस्ता आरोप लगाए पनि कुनै समयको सभ्यता , इतिहास र भूगोलको नाम हो भन्ने कुरा छर्लङ्ग छ। अघि अघिका पुराना लिखित कागजात स्याहा स्रेस्ताहरुमा लिखितम पल्लो किरात लिम्बुवान थुम फाकफोक बस्ने आदिबाट लेखन शुरु गरिएका लिखतहरु अझै प्रमाण स्वरुप छन् ।तसर्थ हालमा राजपाट चलाउनेहरुले यहाँका भुमिपुत्रको पहिलो चाहना र ग्राह्यता अनुसार पहिचानमा आधारित किरात प्रदेश , किरात लिम्बुवान वा लिम्बुवान किरात नामांकन गर्ने कि नगर्ने र अन्त्यमा मध्यमार्ग अपनाउँदा किरात वा लिम्बुवान शब्दावली नछोडी बहु पहिचानको आधारमा नामांकन हुने कि नहुने कि त पहिलेको सन्धी बमोजिम सम्झौतामा मात्रै गाभिएको लिम्बुवानले स्वतन्त्र किरात लिम्बुवानको लागि संघर्ष गर्नुपर्ने बाध्यकारी अवस्था सिर्जना गर्ने यसैले एकात्मक सोचको कारण पहिचानको विरुद्धमा पछि आएर हिन्दु कौशिक ऋषिको नामबाट नामांकित कोशी वा इतिहास शिरोमणि बाबुराम आचार्यले नामाकरण गरेको सगरमाथा साझा पहिचान भन्दै प्रदेश १ को नामाकरण जबर्जस्त दुष्प्रयास भयो भने देश द्वन्दमा फँस्न सक्ने संभावना छ। अर्को कुरा यसरी नदी र हिमालको नामलाई साझा पहिचान मान्ने हो भने यिनीहरूको मौलिक नाम कोशीको सट्टा थाङ्वा प्रदेश र सगरमाथाको सट्टा चोमोलुङमा वा चन्जङलुङ प्रदेशको प्रस्ताव आएमा स्वीकार गर्ने कि नगर्ने भन्ने प्रश्न पनि आउन सक्छ । डकेन्द्रसिंह थेगिमको फेसबुकबाट साभार