२३ कार्तिक २०८१, शुक्रबार | Fri Nov 8 2024

महागठबन्धनसँग एक्लै भिड्दै फागो



तीन दसकयता समाजसेवा र रंग क्षेत्रमा सक्रिय वनेम विक्रम फागो (विनय फागो) राजनीतिमा होमिएका छन् । माङसेबुङमा सु–परिचित फागो यूवाहरुमा माझ सामाजिक अभियन्ताका रुपमा अत्यन्त लोकप्रिय छन् ।

फागो आउँदो मंसिर ४ गतेको प्रदेश सभा निर्वाचनमा इलाम क्षेत्र नं २ ख मा दाप सहितको खुकुरी चिन्ह लिएर उम्मेदवार बनेका छन् । फागोको उम्मेदवारीलाई स्वदेश, विदेशबाट शुभेच्छा प्रदान गरिरहेका छन् ।

माङ्सेबुङका युवाहरु फागोलाई आड र भरोसाका रुपमा लिन्छन् । खास गरेर विरामी पर्दा, अप्ठ्यारोमा उनी सँधै साथ दिन्छन् । कोही चिनेजानेका विरामी पर्दा हप्तौंसम्म अस्पतालमा हेरचाह गर्न पुग्छन्, फागो । आर्थिक अभावका कारण उपचारमा कठिन परेका दर्जनौंलाई फागोले सहयोग गरेका छन् । माङसेबुङमा रहँदा कसैको विवाहमा बधाई दिन होस् वा कसैको मृत्यु भएमा उनी मलामी भ्याउने गर्छन् । उनी जनताको सुख, दुःखका सहयात्रीका रुपमा स्थापित छन् ।


नेपाली कांग्रेस र नेकपा माओवादीको वाम–लोकतान्त्रिक गठबन्धन र सर्वाधिक मतदाता रहेको नेकपा एमालेसँगको भिडन्तका लागि उनी मैदानमा उत्रेका छन् । समाजसेवा र रंगकर्ममा रमेका फागो “पहिचान, अधिकार र समृद्धि” का निम्ति राजनीतिमा हाम फालेका बताउछन् । फागो साविक बाँझो ९ मा जन्मिएका तथा माङसेबुङकै मतदाता हुन् ।           

नाट्यकर्ममा रमेका फागो वि.सं. २०४६ मा प्रजातन्त्र पुनःस्थापना पछि पहिचानको आन्दोलनमा तानिए । जनपाटीमा क्रियाशील भई आदिवासी, जनजाति, दलित, महिला र पछाडी परेका वर्ग र क्षेत्रको पक्षमा आन्दोलित भए । पार्टीमा टुटफुट आएपछि उनी निस्क्रिय रहे । पुनः कला क्षेत्रमै रमाउन थाले । वि.सं. २०५७ सालदेखि किरात धर्म युवा संघ हुँदै किरात साम्यो नालीफूङवामा क्रियाशील रहे । र, किरात धार्मिक युवाहरुलाई लामो समय नेतृत्व गरे । फागोले नालीफूङवामा रहँदा युवाहरुलाई रुझाउन सक्ने, त्यागी तथा सादा जीवन र प्रखर वक्ताका छबी बनाएका थिए । नालीफूङवाको नेतृत्व छाडेपछि निर्देशनमा लागेका फागोले नेपाली र लिम्बू भाषाका पाँच दर्जनजती गीतमा काम गरेका छन् । हाल, उनी लिम्बू कलाकर्मीहरुको संगठन “याक्थुङ मुन्चइत चोकसयङ”को महासचिवको रुपका कार्यरत छन् ।

युवाहरु फागोलाई आड र भरोसाका रुपमा लिन्छन् । खास गरेर विरामी पर्दा, अप्ठ्यारोमा उनी सँधै साथ दिन्छन् । कोही चिनेजानेका विरामी पर्दा हप्तौंसम्म अस्पतालमा हेरचाह गर्न पुग्छन्, फागो । आर्थिक अभावका कारण उपचारमा कठिन परेका दर्जनौंलाई फागोले सहयोग गरेका छन् । माङसेबुङमा रहँदा कसैको विवाहमा बधाई दिन होस् वा कसैको मृत्यु भएमा उनी मलामी भ्याउने गर्छन् । उनी जनताको सुख, दुःखका सहयात्रीका रुपमा स्थापित छन् ।                                       

समाजसेवा र रंगकर्ममा रहेपनि राजनीमाङसेबुङकातिको हुटहुटी भने उनलाई पहिले कै हो । उनी पहिचान र अधिकारका पक्षमा चुनाव लड्ने सोंचमा थिए । तर, यसको संयोग भने यो निर्वाचनमा मात्र जु¥यो । फागो परिवार आफैमा राजनीतिक परिवार हो । उनका वुवा पथरी गाविसका निर्वाचित उप– प्रधान पञ्च हुन् । उनका मावली पनि राजनीतिक घराना नै छ । चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ फागोका एक मामाका छोरा लुङवा हुन् । यसैगरी नेपाली कांग्रेस पाँचथरका पूर्व सभापति नरेन्द्र केरुङ उनका अर्का मामाको छोरा हुन् ।

कति सहज छ फागोलाई भिड्न ?   

महागठबन्धनसँग फागोको भिडन्त भने पक्कै सहज छैन । ठूलो मतदाता भएका दलहरुसँगको भिडन्त उनका लागि कठिन संग्राम हुनेछ । फागोका चुनाव चिन्ह कुनै एक दलको भएपनि आफू स्वतन्त्र उमेद्वार रहेको दावि गर्छन् । उनलाई सबै दलका शुभेच्छुकको मत पाउने आशा छ । अत्याधिक किरात धर्मावलम्बी मतदाता रहेको यस क्षेत्रमा उनलाई किरात धर्मावलम्बीको राम्रो मत आए चुनाव जित्ने देखिन्छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ४ : १९ बजे