१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025

झापामा याक्थुङ ज्ञान महोत्सव दोस्रो संस्करण सुरु [ फोटोफिचर ]



किरात समाचार । याक्थुङ ज्ञान महोत्सव दोस्रो संस्करण शुक्रबारबाट झापाको झिलझिलेमा सुरु भएको छ ।

‘बौद्धिक ज्ञान आदान–प्रदान र पुस्तान्तरणको लागि’ भन्ने नारासहित झापाको शिवसताक्षी नगरपालिका–८, झिलझिलेस्थित वाटर किङ्डम एण्ड रिसोर्टको सभाहलमा याक्थुङ ज्ञान महोत्सवको आयोजना गरिएको हो ।

याक्थुङ युवा मञ्च, केन्द्रीय समितिको आयोजना तथा याक्थुङ युवा मञ्च, जिल्ला समिति झापाको व्यवस्थापनमा फागुन १९ र २० गतेसम्म ज्ञान महोत्सव संचालन हुनेछ ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  १० : ३४ बजे