४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

हाङको निर्देशनमा नितुको ‘बाबा छोरा’ सार्वजनिक(भिडियो)



पछिल्लो समय खुबै रुचाईएका निर्देशक हाङ चेम्जोङको निर्देशनमा गीतकार नितु लावती ‘मैना’ को शब्द तथा प्रस्तुतिमा मनछुने गीत ‘बाबा छोरा’ सार्वजनिक गरिएको छ ।

संगीतकार डि. आर. अटुको संगीतमा बाल गायक जेनिश उप्रेती र गायक संगम सेर्माको सुमधुर आवाज रहेको मनछुने गीत ‘बाबा छोरा’ भिडियो सार्वजनिक गरिएको हो ।

गीतकारले मावली जाँदा टोर्के, कुसुन्डे हुँदै पेरेङगे चुलिको चेपमा बाबाको हात समाएर हिडेको यादहरुमा सम्झिदैं बाबा र आमाको यादमा समर्पित गरेर सृजना गरेको गीतको भिडियोमा नायक दिलिप रायमाझी र जेनिश उप्रेतीले अभिनय गरेका छन् । बिदेशिएका बाबा र घर एक्लै बसेका छोराको पिडादायी पलहरु, यादहरु प्रस्तुत गरिएको भिडियोलाई इशाक जवेगुले छायांकन तथा सम्पादन गरेका हुन् ।

 

राजु कार्कीको संगीत संयोजनमा लिम्दुमि कृएशन र कोरिया स्टुडियोमा रेकर्ड गरिएको गगीतलाई नेपाल मिडिया ग्रुपले प्रडक्ट गरेका हुन् । नितु लावतीको निर्माण तथा सञ्जु थलङको मेकअप रहेको भिडियो नेपाल मिडिया अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  १० : ५३ बजे