४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

माङसेबुङ सरोकार मन्च कुवेतद्वारा फाल्गुनन्द जन्मजयन्ती



किरात धर्मदर्शनदाता, महान समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेन १४० औं जन्मजयन्ती कुवेतमा भव्यताका साथ मनाईएको छ ।

माङसेबुङ सरोकार समाज कुवेतको आयोजनामा शुक्रबार कुवेतमा विभिन्न कार्यक्रम गरी महागुरु फाल्गुनन्द लिङदेन १४० ओै जन्मजयन्ती मनाईएको हो ।

नेपाल आदिवासी जनजाति महा संघ कुवेत शाखाका अध्यक्ष अमृत तामाङको प्रमुख आतिथ्यमा भएको जन्मजयन्ती कार्यक्रममा बिशिष्ट अतिथिमा नेपाल गैर आवसिय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वज लामा, नेपाल पत्रकार महासंघ साखा कुवेतको अध्यक्ष राज मल्ल उपस्थिति रहेको थियो ।

कार्यक्रममा कुवेत स्थित बिभिन्न नेपाली समाजका प्रतिनिधिहरु, राजनितिक भात्री संगठन बिभागका संगठन प्रमुखहरु लगायत बुद्विजिबि समाजसेवि तथा सञ्चारकर्मी, र कलाकारहरुको साथमा कुवेतमा रहेका नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रमुख अथितिबाट दीप जलनसँगै राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङदेनको तस्विरमा माल्यार्पण गरी कार्यक्रमको उदघाटन गरिएको थियो भने स्वागत गित मान वहादुर साँवाले प्रस्तुत गरेका थिए ।

यसैगरी नगेन्द्र खजुम, डिबि राई, सुन्दर परियार, भिम तामाङ्गले गायन प्रस्तुतिको पस्केको कार्यक्रममा अनिस लावती, सोफिया लिम्बू, सुमि लिम्बू र गङ्गा सुनुवारले नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वत्तलाहरुले शुभकामना मन्तव्य राख्नेक्रममा महान समाज सुधारक, राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङदेनको विश्व शान्ति मानव एकताको विषयमा चर्चा गरेका थिए ।

अमित किरातीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अनिश लावती र सुरेन्द्र पन्धाक लिम्बूले गरेका थिए ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ८ : ३५ बजे