१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

हाम्रो बारेमा

आजभन्दा २५ वर्ष अगाडी परिकल्पना गरिएको किरात समाचार पुनः सुरु गरिएको छ ।
किरात धर्म तथा साहित्य उथान संघका अध्यक्ष डिल्लीराम चाम्लिङको कार्यकालमा संघको मुखपत्रको रुपमा संघका मिडिया विभाग सेसेहाङ फियाकले किरात सन्देश नामक पत्रिका संचालनमा आयो । फियाक किरात सन्देश पत्रिकाको कार्यकारी सम्पादक हुनुहुनथ्यो ।
संघका अध्यक्ष चाम्लिङकै कार्यकालमा किरात धर्मगुरु निजी सचिव नविन लिङदेन माङमिङसोहाङ संघमा आउनुभएपछि मिडिया विभाग लिङदेन हुनुभयो । विभागले किरात सन्देशलाई परिस्कृत, परिमार्जन गर्दै किरात समाचार पत्रिका संचालनमा ल्यायो । लिङदेन किरात समाचारको प्रधान सम्पादक समेत हुनु्भयो ।
चन्द्रकुमार सेर्मा संघको अध्यक्षमा आउनुभएपछि पनि सोही पत्रिका संचालनमा आएपनि प्राविधिक समस्याका कारण प्रकाशन रोकियो । संघको अध्यक्षमा डकेन्द्रसिं थेगिम आउनुभएपछि पनि किरात समाचारलाई नै निरन्तरता दिदै आएपनि सचिव संकल्प लिङदेनको कार्यकालमा संघको मुखपत्र किरात नाम्साङ भएको देखिन्छ ।
२०७१ सालमा संघको सम्मेलनले पुनः नविन लिङदेन संघको उपाध्यक्षमा निर्वाचित हुनुभयो र किरात धर्मको मुखपत्र संचालन गर्नका लागि मिडिया विभाग दिएको देखिन्छ । सोही अनुरुप किरात मिडिया अन्तर्गत किरात समाचार, किरात टिभीको परिकल्पना सहित प्रधान सम्पादक नविन लिङदेन सह सम्पादक धनबहादुर फागो रहनुहुदै किरात धर्मकै मुखपत्र किरात समाचार संचालन गर्नका लागि किरात धर्मका दुइ संस्थाले निणर्य गर्यो र निरन्तर प्रसारण प्रकाशन भएपनि आर्थिक समस्याका कारण पत्रिका प्रकाशन बन्द भयो भने अन्लाइनका रुपमा किरात न्युज संचालन भएको देखिन्छ ।
२०७७ जेठ २२ किरात धर्मको मुखपत्र संचालन गर्न पुनः किरात इङभो पान्जुम्भोद्धारा सञ्चालित किरात इङसे डटकम संचालनमा आयो । यसको अध्यक्ष केहेरसिं योङहाङ रहनुभएको छ ।
कुनैपनि संस्था वा समुहको मुखपत्र दुई ओटा नहुने भएपछि मिडया विभागले दुई संस्थालाई किरात समाचार जिम्मा लगाएको जानकारी प्राप्त भयो ।
किरात धर्मलाई प्रचार प्रसार गर्नेक्रममा ३ दशक अगाडीनै सुरुवात भएको किरात समाचार अन्ततः अन्य क्षेत्रका व्यक्तिमा समाहित हुन्छ । या किरात समाचारलाई गुगलको वार्षिक नविकरण गरिएन भने स्वतः खारेज नभई जो व्यक्तिले खरिद गर्न पाउछ, सक्छ । त्यसैले यसको इतिहास राखिरहनका लागि किरात धर्मगुरु र गुरुआमाज्यूको जीवनकालमा किरात धर्मलाई प्रचार प्रसार गर्न सुरु गरिएको किरात समाचार मार्फत गरेका थिए । तिनै इतिहास,परिकल्पनालाई ज्यूदो राख्नका लागि विल्कुल व्यतिगत रुपमा किरात समाचार संचालनमा ल्याइएको छ ।
अन्ततः पुनः संस्थाका दिगज व्यतिहरुको मथिङगल सुध्रिएमा किरात समाचारलाई संचालनमा ल्याउनै पर्छ भन्ने लाग्छ र दिमागको विर्को खुलिएको अवस्था आए यो संचार गृह अन्तर्गत किरात समाचारलाई संस्थागत बनाउन सक्नेगरि २०७८ फागुन ३ गते अङसीमामाङ साम्बा पवित्रहाङमा लिङदेनज्यूको ६६ औं जन्मोत्सबको अवसरमा सुचारु गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई आत्मासात गर्दै, सत्य, तथ्य र निष्पक्ष सूचना आम नागरिकसामू बुलन्द गर्न प्रतिबद्ध छौं । साथै, समानता, समावेशीता, धर्मनिरपेक्षता तथा धार्मिक, सामाजिक सद्भाव र सहिष्णुता कायम गर्न, गराउन सधैं पहरेदार बन्नेछौं । हामी पत्रकारिताको मूल्य मान्यता, देशको प्रचलित संविधान, ऐन, नियम र कानूनलाई आत्मसाथ गर्दै अघि बढ्ने प्रण गरिएको तमाम किरात धर्मावलम्बी, शुभचिन्तक, विज्ञापन दाता सबैमा जानकारी गराउदछु ।
साथै किरात समाचारलाई सुरु गर्नका लागि आर्थिक सहयोग गर्नुहुने अमेरिका बस्दै आउनु भएका राजु इधिङगोज्यू, देबि चाम्लीङ यङवागो, सुकमान सुहाङ, लगायतलाई हृदयदेखि नै आभार प्रकट गर्दछु ।
कार्यकारी सम्पादक