१२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026

टी-२० ग्लोबल क्वालिफायरका लागि १६ सदस्यीय टोली घोषणा


६ माघ २०७८, बिहिबार  

0
Shares

काठमाडौं :  नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी  टी–२० विश्वकपको ग्लोबल क्वालिफयारका लागि १६ सदस्यीय राष्ट्रिय टीमको अन्तिम घोषणा गरेको छ।

क्यानले आज सन्दीप लामिछानेको कप्तानीमा १६ खेलाडी छनौट गरेको हो।

ग्लोबल क्वालिफायर खेल्ने नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल रहेका छन्।

यस्तै, शरद भेसवाकर, आरिफ सेख, करण केसी, जितेन्द्र मुखिया, अविनाश बोहोरा, शाहब आलम, कुशल मल्ल, कमल सिंह ऐरी, बिबेक यादव, प्रदीप ऐरी र लोकेश बम अन्तिम १६ मा परेका छन्।

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  १२ : ०८ बजे