धनबहादुर फागो राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको जन्मस्थान चुक्चिनाम्बालाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सबैभन्दा पहिले जन्मस्थलको जग्गा व्यक्तिबाट समुदायको स्वामित्वमा ल्याउनुपर्छ‚ त्यहाँसम्म पुग्ने सडक कालोपत्रे हुन आवश्यक छ। यस्तै‚ महागुरुसँग सम्बन्धित संग्रहालय निर्माण गरिनु पर्दछ । १. परिचय नेपालको पूर्वी भेगमा प्राकृतिक सुन्दरताले भरिपूर्ण, सांस्कृतिक, जातीय, धार्मिक तथा भौगोलिक विविधता भएको जिल्ला हो…