१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

गंगा र सुमनको स्वरमा मिम्जिफुङ नुबेन



लोकप्रिय गायिका गंगा फियाक र गायक सुमन लिम्बूको आवाज रहेको पालम ‘मिम्जिफुङ नुबेन’ सार्वजनिक भएको छ। पालामको रचना शान्ता केरुङले गर्नुभएको हो। पालाममा निरन्ता नेम्बाङ र शम्भु फोम्बोको समेत स्वर रहेको छ।

लिम्बू कल्चर क्रिएशन युट्युब च्यानलमा सार्वजनिक भएको पालामको भिडियोमा पूर्ण लिम्बू, मिरा फियाक, तानाम तान्छो लावती, अनिल लिम्बू, विक्रम लिम्बू, कैलाश लोहोरुङ राई, जनरानी चेम्जोङ, लाड्ली चेम्जोङ, प्रिन्सेस राई र अस्मिता लिम्बूको अभिनय रहेको छ।

मनोज साङसोन राईको संगीत संयोजन रहेको गीतको भिडियो विनोद याक्खाको छायांकन तथा सम्पादन गर्नुभएको हो। आइत जिमीको प्रडक्सन र झरना लिम्बूको मेकअप रहेको भिडियोलाई एक्तास पिक्चर्स प्रडक्सनले तयार पारेको हो।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ८ : ३१ बजे