२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

अब किरातको युग आउछ र धर्मबिना कानुन बन्दैन धर्मोपदेश बजारमा



किरात समाचारः किरात धर्मगुरुद्धारा गर्नभएको आशीर्वचनको संगालो अब किरातको युग आउछ´ र `धर्मबिना कानुन बन्दैन´ धर्मोपदेश ३० /३१ अंक बजारमा भर्चुअल्ली कनेक्टिङ किरातले, ल्याएको छ ।

किरात धर्मावलम्बीहरुलाई महत्वपूर्ण जानकारी दिन र सबैको घर घरमा धर्मोपदेश पुर्याउनका लागि प्रकाशन सुरु गरिएको धर्मोपदेश किरात धर्मगुरुले विभिन्न स्थान र समयमा गर्नुभएको आशीवर्चनलाई संहिताकृत गर्न किरात लाइब्रेरी स्थापना गर्दै प्रकाशन गरेको हो ।

किरात धर्मगुरु आमा साबा पवित्रहाङमा लिङदेन ६८ औ जन्मोत्सबको अवसर पार्दै धर्मोपदेश ३० र ३१ प्रकाशनमा ल्याएको हो ।

बिभिन्न स्थानमा रहेका किरात धर्मावलम्बीहरुको आर्थिक सहयोगमा प्रकाशन हुदै आएको छ ।

हेर्नुहोस प्रकाशन भएका धर्मोपदेशहरु

 

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ६ : ४१ बजे