७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

जारी पबित्रहाङमा कप : जनता सेभेन इलाम सेमिफाईनलमा प्रबेश



किरात समाचार: इलामको माङसेबुङमा जारि पबित्रहाङमा कप १२ औ संस्करण खेलकुद प्रतियोगितामा जनता सेभेन स्पोर्टीङ क्लब सुनपा इलाम सेमिफाईनलमा प्रबेश गरेको छ ।

माङसेबुङस्थित आत्मानन्द खेलमैदानमा शुक्रबार सम्पन्न दोस्रो चरणको पहिलो खेलमा माउण्ट एभरेस्ट स्पोर्टिङ क्लब चतरा सुनसरीलाई १–० गोल अन्तरले पराजित गर्दै जनता सेभेन स्पोर्टीङ क्लब सुनपा इलाम सेमिफाईनलमा प्रबेश गरेको हो ।

जनता सेभेनलाई जित दिलाउन जेनीफर राना मगरले निर्णायक गोल गरे । जेनीफरले खेलको ३० औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।खेलको वुमन अफ दी म्याच जनता सेभेन इलामकी जेनीफर राना मगर घोषित भइन् । उनले नगद एक हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

पबित्रहाङमा कप १२ औं संस्करण अनतर्गत आज दोस्रो चरणको खेल केराबारी गाउँपालिका खेलकुद समिति मोरङ र पञ्चकन्या एफ।सी। उदयपुर बीच हुने छ ।

विगतका वर्षझै मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६६ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित फूटबल प्रतियोगिताको फाइनल खेल भने फागुन ३ गते हुने आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले बताए ।

पवित्रहाङमा कप विजेताले नगद १ लाख ११ हजार १ सय ६६ रुपैयाँ र उपविजेता टिमले नगद ६६ हजार १ सय ६६ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचलाई समेत पुरस्कार प्रदान गरिने छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६६ औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा फागुन ३ गते प्रतियोगितामा विजेताहरुलाई पुरस्कार वितरण गरिने हक्चात यक्चुमका अध्यक्ष आङबुहाङको बताए ।

प्रतियोगितामा १० टीमको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ४ : ०३ बजे