७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

धर्म र संस्कृति संरक्षणमा मन्त्री लङ्वाको जोड



इलामः प्रदेश नम्बर १ सरकारले स्थानीय तह र समुदायसँगको सहकार्यमा धर्म र संस्कृति संरक्षणमा जोड दिएको पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बुले बताइन् । प्रदेशमा रहेका बहुपहिचायन युक्त संस्कृतिको गरिमा र महत्वलाई दृष्टिगत गरी त्यसको संरक्षण र सम्वद्र्धन गरि पर्यटन प्रवद्र्धनको काम समेत गरिने उनले बताइन् ।

प्रदेशमा आउने स्वदेशी एवं विदेशी पर्यटकलाई यहाँको विविधतायुक्त प्रकृति, भाषा, रहनसहन र संस्कृतिबारे चासो राख्ने गरेकाले धर्म र संस्कृतिको संरक्षण गरि पर्यटन प्रवद्र्धनको काम गरिने मन्त्री लङ्वाको भनाइ छ ।

इतिहास, धर्म संस्कृति, भाषा, लिपि र जातीय विविधता जगेर्ना र प्रवद्धन गर्न विभिन्न जातिय संघ संस्थाहरुसँग सहकार्य गरिने मन्त्री लङ्वाले बताइन् ।

चुलाचुली गाउँपालिका वडा नम्बर १ मा आयोजित एक कार्यक्रमविच सो कुरा बताउनु भएको हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ४ : ०८ बजे