७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

कियाचुको ११ औ राष्ट्रिय महाधिबेशन फागुन २८,२९ र ३० गते पान्थर,फेदेनमा हुँदै



किरात याक्थुङ चुम्लुङको ११ औँ राष्ट्रिय महाधिवेशन यहि फागुन २८, २९ र ३० गते पान्थर, फेदेनमा हुने भएको छ ।

 

चुम्लुङको महाधिवेशनले नेतृत्व चयनसँगै महत्वपूर्ण निर्णयहरु गर्दै महाधिवेशनमा विविध विषयहरुमा गम्भिर छलफल हुने र निर्णयहरु अगाडि बढाउने तयारी भइरहेको चुम्लुङ केन्द्रीय सचिवालय समितिले जानकारी दिएको छ ।

 

हाल कियाचुको १३ वटा जिल्ला कार्य समिति र २ वटा प्रादेशिक समिति रहेको छ । यस्तै ६ वटा विषयगत समितिहरु रहेको छ । लिम्बू सांस्कृतिक परिषद्, लिम्बुवान अध्ययन केन्द्र, लिम्बू भाषा, साहित्य प्रतिष्ठान, पुनःजीवन केन्द्र, याक्थुङ सहयोग कोष र उपत्यका एम्बुलेन्स सेवा यसको विषयगत समितिहरु हुन् ।
यसबीचमा विषयगत समितिहरुले आफूहरुले केन्द्रीय समितिमा प्रतिनिधित्व पाउनु पर्ने आवाज उठाउँदै आएको छ । विषयगत समितिहरु कियाचुको विधानमा रहेर आफ्नै छुट्टै विनियामवलीमा सञ्चालित हुँदै आइरहेको छ तर केन्द्रीय समितिमा प्रत्यक्ष सहभागीता हुँदैन् । जिल्ला कार्यसमिति र प्रादेशिक समितिबाट केन्द्रको लागि एक महिला र एक पुरुष रहने गरी केन्द्रीय सदस्यमा आउनु पाउने व्यवस्था छ । यस्तै पदाधिकारीको हदमा भने एक कार्यकाल केन्द्रीय समितिमा काम गरेकोले मात्र पाउने व्यवस्था गरिएको छ । अध्यक्षको भने दुई कार्यकाल गर्न पाउने व्यवस्था रहेको छ । हालका अध्यक्ष योगराज वनेमको एक कार्यकाल मात्र पूरा भएको छ भने नेतृत्व समिति कस्तो आउँछ भन्ने सबैमा चासोको विषय बनेको छ ।

चुम्लुङको हरेक ३/३ वर्षमा महाधिवेशन हुने व्यवस्था छ तर विश्वव्यापी कोरोना भाइरस महामारीको कारण गत वर्ष फागुनमा हुने महाधिवेशन विद्यानले व्यवस्था गरे अनुसार एक वर्ष समय थपिएको थियो । थपिएको समय अवधि यहि फागुनमा सकिन्दैछ ।

 

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १२ : ०८ बजे