७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मिक्लाजुङको थामडाडामा फाल्गुनन्दको प्रतिमा शिलान्यास



किरात समाचार : पान्थरको मिक्लाजुङ गाउपालिका स्थित थामडाडामा मेक्खिमलुङ युमा माङहिम र राष्ट्रिय बिभुती महागुरु फाल्गुनन्द लिङ्देनको प्रतिमा शिलान्यास भएको छ ।


फागुन २७ गते आज शुक्रबार पान्थरको मिक्लाजुङ गाउपालिका वडा २ र ४ को संगमस्थल बेहुली ढुङ्गा (मेखिम लुङ ) स्थित किरात धर्मगुरु मुहिङगुम अङसिमाङ आत्मानन्द लिङदेन सेइङ तथा अङसिमामाङ साबा पवित्रहाङमा लिङदेनज्युहरुको हस्तबाहुलिबाट माङहिम र प्रतिमा शिलान्यास गर्नु भएको हो ।

थामडाडामा किरात धर्मगुरुले सूर्यउदय अवलोकन गर्नुभएको स्थान र मेक्खिमलुङ ( बेहुली ढुङ्गा ) अङ्सीमाङ आत्मानन्द सेइङ तथा अङ्सीमामाङ साम्बा पबित्रहाङमा लिङ्देनज्युहरुले अवलोकन समेत गर्नुभएको थियोे ।

कार्यक्रममा किरात धर्मका सर्बोच्च संस्था किरात चोत्लुङ अङसिमाङगेन्ना सेवाका अध्यक्ष केहेरसिं योङहाङ,गुरु पूर्व निजी सचिव नविन लिङदेन माङमिङसोहाङ, गुरु निजी सचीवहरु खड्ग साम्बा,टंक लिङ्देङ गुरुनिजी आश्रम कृषि समितिका अध्यक्ष टिकाराम केरुङ,माङ्सेबुङ हेरिटेज प्राली अध्यक्ष शेरबहादुर लाओती गुरु निजी कानुनी सल्लाहकारद्धय भिभ खत्री, एन.एस फागो , मिक्लाजुङ गापा उपाध्यक्ष उर्मिला राइ वडा नं.२ को अध्यक्ष सन्तोस सेर्मा,लगायत किरात धर्मावलम्बीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ७ : २५ बजे