७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सार्बजनिक सुनुवाई : नागरिकको चासो र सेवाग्राहीको सुझाव



माङसेबुङ गाउँपालिकाको आयोजनामा माङ्सेबुङ वडा नं. ५ को सार्वजनिक सुनुवाई कार्यक्रम भालुटारमा सम्पन्न भएको छ । फागुन २९ गते आइतबार देखि संचालन गरिएको चालू आर्थिक वर्षको सार्वजनिक सुनुवाई कार्यक्रम माङ्सेबुङको भालुटारबाट प्रारम्भ भएको हो । सार्बजनिक सुनुवाइ कार्यक्रम गाउँपालिका/वडाबाट प्रदान गरीने सेवामा सेवाग्राहीले उठाएका प्रश्नहरू नागरिकबाट प्राप्त सुझावलाई ग्रहण गर्ने एवम् जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने उद्देश्यले संचालन गरिएको सार्बजनिक सुनुवाइ कार्यक्रमको उदेश्य रहेको छ । सेवाग्राहीहरुको उत्तरदाताको रूपमा वडा ५ का अध्यक्ष नरेन्द्रकुमार राई र सेवा प्रदायक उत्तरदाताको रूपमा माङ्सेबुङ गाउपालिकाको प्रतिनिधि तर्फबाट हिमाल खनाल रहेको थियो । यसैगरी टिप्पणीकर्ताहरु वडा सचीव सुनिल सेर्मा , वडा प्राबिधिक बिपिन श्रेष्ठ , अतीत योङहाङ रहेको थियोे । नागरिक प्रतिवेदन पत्र र बहिर्गमन अभिमतको नतिजा, सेवा प्रवाहका सम्बन्धमा प्राप्त जनगुनासो र सुझावको विवरण र त्यस्ता विषयमा भए गरेका प्रयास एवम् सञ्चालित कार्यक्रम तथा आयोजनाहरु सार्वजनिक सुनुवाईका विषयवस्तु रहेको थियो ।

वडाबाट प्रवाह भएको सेवाको जानकारी

माङ्सेबुङ गाउपालिकाको आयोजनामा संचालन गरिएको सार्बजनिक सुनुवाइ कार्यक्रम माङ्सेबुङ वडा नं. ५ मा भएको छ । वडाबाट भएका सेवा प्रवाह बारे भाषिक सचीव सुनिल सेर्माले जानकारी दिए । वडा नं. ५ बाट भएका सेवाहरु पञ्जिका सम्बन्धि काम जन्मदर्ता , बिवाह दर्ता , बसाइँसराइ , सम्बन्ध बिच्छेद प्रमाणपत्र प्रदान र मृत्यु दर्ता अनलाइन मध्यम र सोही विवरण लाई किरात लिम्बू भाषामा उल्लेख गरिएको जनाए । यसैगरी सामाजिक भत्ता , नागरिक सिफारिस , बिधुत जडान , ब्यवसाय दर्ता , नाता प्रमाणित , चारकिल्ला जग्गा प्रमाणित , करदाता प्रमाणित आवस्यकता अनुसार नेपालीमा र किरात लिम्बू भाषाबाट लेखिएको प्रदान गर्दै आएको बताए । वडा सचीवले भने अन्य धेरै प्रकारका सिफारिसहरु हुन्छन् तर , आवश्यकता अनुसार नेपालीमा मात्र लेखिएको वडाबाट सिफारिसहरु सेवाग्राहीहरुलाई प्रदान हुँदै आएको वडा सचीव / भाषिक सचीव सुनिल सेर्माले जानकारी दिएको छ । सुचनाको प्रवाह बारे टोल समितिलाई पत्रमार्फत जानकारी र , रेडियो , पत्रपत्रिका साथै वडाको आधिकारिक फेसबुक पेजबाट पनि जानकारी गराइन्दै आएको बताए । योजना संचालनमा नागरिकको प्रत्यक्ष सहभागितामा समाजसेबि,बुद्धिजीवी नागरिकहरुको सहभागितामा हुँदै आएको र ती सेवाग्राहीहरुलाई सहजरूपमा भएको बताए । राजस्व संकलन, यसैगरी कोबिड १९ ब्यवस्थापन तथा उद्दार सहयोगमा पनि वडाले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको जनाइएको थियो । यसैगरी विभिन्न ८ वटा बुदामा रहेर जानकारी दिएका थिए ।

बहिर्गमन अभिमत र नागरिक प्रतिबेदन

माङ्सेबुङ गाउपालिकाको आयोजनामा सार्बजनिक सुनुवाइ कार्यक्रम माङ्सेबुङ ५ नं. वडा कार्यालय बाट सुरु भएको छ । वडा र गाउपालिका लाई प्रत्यक्ष चासो र गुनासो अभिमत राखेको थियोे । बहिर्गमन अभिमत तर्फ सेवा लिदै फर्किएका सेवाग्राहीहरु ३२ जनामा सोधपुछ गरेको । नमुना छनौट १३ जना पुरुष १९ जना महिला । ६ वटा प्रश्न ६ प्रकारको प्रश्नहरु सोधपुछ गरिएको थियोे । नागरिक प्रतिबेदन पत्र तर्फबाट बुद्धिजीवी समाजसेबी महिला राजनीतिककर्मी नागरिक अगुवा सबैलाई समेटेर ३० जनालाई सोधपुछ ४८ वटा प्रश्न सोधपुछ गरिएको थियोे । रिपोर्ट बारे सहजकर्ता राम योङहाङले प्रस्तुत गरेका थिए

सेवाग्राहीको प्रतिक्रिया यस्तो रहेको छ

सुधार गर्नुपर्ने विषयहरुमा हरेक विषयमा सूचना समयमा नै प्रवाह गर्नुपर्ने, हस्ताक्षर गर्न वडा अध्यक्षककै घरमा जानुपर्ने बाध्यता हट्नुपर्ने, कर्मचारीबाट सेवाबारे स्पष्ट बुझाउनुपर्ने सानो काम गर्न पनि लामो समय पर्खनुपर्ने अवस्था हटाउनुपर्ने, कर्मचारीहरु कार्यालयमा नियमित उपस्थित हुनुपर्ने, योजना फर्स्योट गर्न वडाबाट सहज बनाइदिनुपर्ने, कर्मचारीको भूमिका महत्वपूर्ण बनाउनुपर्ने, कार्यालयमा वडा अध्यक्ष पनि नियमित र समयमा नै उपस्थित हुनुपर्ने, बारम्बार कार्यालयमा उपस्थित हुँदा पनि समयमै काम नहुने अवस्था हटाउनुपर्ने लगायतका विषयमा सुझाव दिएका थिए । त्यसैगरी कार्यालयको व्यवस्थापनमा सुधार हुनुपर्ने, कर्मचारीहरु कार्यालयमा समयसम्म बस्नुपर्ने, किरात लिम्बू भाषा सरकारी कामकाजी भाषालाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने , लक्षितवर्गका लागि अनिवार्य बजेट विनियोजन गर्ने व्यवस्था गर्नुपर्ने ,योजनामा पास गर्न प्राविधिकबाट अनिवार्य रकम माग्ने काम अन्त्य हुनुपर्ने, योजना छनौटको पूर्व सुचना हुनुपर्ने, सेवाग्राहीलाई तुरुन्त सेवा प्रवाह गरिनुपर्ने, सेवाग्राही नहुँदा समेत सबै कर्मचारी अनिवार्य कार्यालयमा बस्नुपर्नेलगायतका सुझाव दिएको छ ।

नागरिकको चासो र सुझाव प्रतिनिधि जवाफदेही

माङ्सेबुङ गाउपालिकाको आयोजनामा सार्बजनिक सुनुवाइ कार्यक्रम माङ्सेबुङ ५ नं. वडा कार्यालय बाट सुरु भएको छ । एक सय बढी वडाबासीको उपस्थिती रहेको कार्यक्रममा ८ जना सेवाग्रहीहरुले वडा र गाउपालिका लाई प्रत्यक्ष चासो , सुझाव राखेको थियोे । कार्यक्रममा सेवाग्राहीबाट भक्तराज सेर्मा लिम्बुले प्रश्न राखेका थिए । उनले भने यलम्बरको शालिक समयमै किन बन्न सकेन ? पछि पुन: ३ लाख किन बजेट दिइयो भन्दै उत्तरदाताहरु माझ प्रश्न राखेका थिए। सुकदल सेत्लिङले भने समय सकिसकेको बेला यो सार्बजनिक सुनुवाइ गर्नुको औचित्य नरहेको बताए । दुधबहादुर लाओति, प्रेमराज केरुङ , भवानी आङ्देम्बे , हस्त खजुम , अम्बिका नेम्बाङ , राजमान फुरुम्बो लगायतले प्रश्न र सुझाव राखेको थियोे । प्रश्नकर्ताको प्रश्नको जवाफ वडा अध्यक्ष नरेन्द्रकुमार राई र गाउँपालिकाका प्रतिनिध हिमाल खनालले दिएका थिए । उनीहरुले आगामी दिनमा कार्यालयले आवश्यक सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए ।

सार्बजनिक सुनुवाइ र सहजीकरण

माङ्सेबुङ गाउपालिकाको आयोजनामा भएको सार्वजनिक सुनुवाइका कार्यबिधी अनुसार तेस्रो पक्षले गर्नुपर्ने हुन्छ । सोही बमोजिम यस सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण बुलन्द मल्टिटेक्निकल मिडिया प्रालि इलामले गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रमले स्थानिय तहको शासन सञ्चालनमा पारदर्शिता , नेतृत्वमा जवाफदेहि र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरुको सूचनामा पहुँचलाई मजबुत बनाउनुको साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रकृयामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्न योगदान गर्ने गाउँपालिकाको विश्वास छ । खुल्ला छलफलमा ५ नं. वडाको तर्फबाट सहभागिताहरुको प्रत्यक्ष प्रश्नमाथी उत्तरदाताको रूपमा वडा अध्यक्ष नरेन्द्रकुमार राइले जवाफ दिएका थिए । त्यसैगरी प्रश्नमाथी माङ्सेबुङ गाउपालिकाको प्रतिनिधिको तर्फबाट हिमाल खनालले सहभागी सेवाग्राही नागरिकको हरुको चासो गुनासो र प्रत्यक्ष प्रश्नहरुको जवाफ दिएको थियोे । माङ्सेबुङ गाउपालिकाको आयोजनामा भएको सार्वजनिक सुनुवाइका कार्यबिधी अनुसार तेस्रो पक्षले गर्नुपर्ने हुन्छ । सोही बमोजिम सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण बुलन्द मल्टिटेक्निकल मिडिया प्रालि इलामले गरेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ५ : ३३ बजे