७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

भोलि नालीफूङ्वा मोरङको आयोजनामा सांस्कृतिक कार्यक्रम हुँदै



किरात समाचार :  किरात साम्यो नालीफुङवा थुम पान्जुम्भो मोरङको आयोजनामा सांस्कृतिक साझ हुने भएको छ।

भोली चैत ३ गते विहिवार मोरङको लेटाङ स्थित किरात हाङसाम माङहिमको प्राङगणमा राष्ट्रिय कलाकारहरुको उपस्थितिमा  समाजसेवी तथा ब्यवसायी युवा ब्यक्तित्व त्रिभुवन लुङ्फुङ्वा लिम्बुको प्रमुख आतिथ्यमा सांस्कृतिक कार्यक्रम हुने भएको हो ।

किरात साम्यो नालीफुङवा थुम पान्जुम्भो मोरङको पाचौं जिल्ला  सम्मेलन तथा नालीफुङवा अक्षयकोष मोरङ सहयोग संकलनको लागी विविध सांस्कृतिक साझ कार्यक्रम गर्न लागिएको मोरङ अध्यक्ष आकास लङवा लिम्बुले बताएको छ ।

सांस्कृतिक कार्यक्रममा लोकप्रिय गायक लेखनाथ चेम्जोङ भोइस किड्सका फाइनलिष्ट बाल गायिका रुक्साना लिम्बू , चोत्लुङहाङ केदेम लिम्बु , संगम थेबे , पुष्पहाङ किराती , निर्देशक तथा कलाकार अनिसहाङ लाओती , राजु पङ्धाक  साथै नालीफुङवा कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ८ : ०४ बजे