७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार बुढाथोकी र साहलाई प्रदान गरिने



विराटनगर: नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङ शाखाले स्थापना गरेको षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार २०७८ टक्सार म्यागेजिनका प्रधानसम्पादक गजेन्द्र बुढाथोकीलाई प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कारको राशी ५० हजार ५१ रुपैयाँ रहेको छ । सो पुरस्कारबाट यसअघि धर्मेन्द्र झा, शिव गाउँले, तारानाथ दाहाल र विनय कसजूलाई प्रदान गरिएको थियो ।

त्यसैगरि षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार २०७८ कान्तिपुर दैनिकका मोरङ सम्वाददाता देवनारायण साहलाई प्रदान गर्ने निर्णय गरिएको छ । सो पुरस्कारको राशी १५ हजार १५ रहेको छ । सो पुरस्कारबाट यसअघि मोहन काजी, गणेश लम्साल र राजु श्रेष्ठ पुरस्कृत भईसक्नु भएको छ । कार्यसमितिको आज विराटनगरमा बसेको सातौं बैठकले दुवै पुरस्कारको निर्णय गरेको महासंघका अध्यक्ष संजीव खनालले बताउनुभयो ।

नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा आगामी चैत १६ गते विराटनगरमा पुरस्कार वितरण गरिने कार्यक्रम रहेको महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले बताउनुभयो । स्थापना दिवसको अवसरमा मोरङ शाखाले निर्माण गरेको वेभसाईडको पनि सु्भारम्भ गरिने भएको छ । स्थापना दिवसको अवसरमा चैत १७ गते विराटनगरमा मोरङका सञ्चारकर्मीको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम रहेको सचिव अधिकारीले बताउनुभयो ।

 

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  १२ : ०० बजे