किरात समाचार : पुर्बी नेपालको प्रदेश नं. १ मोरङ जिल्लाको उर्लाबारी नगरपालिका अवस्थित आत्मानन्द मिङ्सो माङहिम रहेको छ । किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ्ज्युको नामबाट माङहिमको नामकरण गरिएको हो । बि:स ०६६ साल चैत ३० गते सोमबार किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम द्वारा यस माङहिम शिलान्यास भएको थियोे ।
आत्मानन्द मिङ्सो माङ्हिम बि : स २०६९ साल माघ २५ गते बिहिवारका दिन बर्तमान किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देनज्युहरुको गरिमामय देव उपस्थितिमा माङ्हिम उद्घाटन भएको थियो ।
उर्लाबारी नगर भित्र रहेको धार्मिक सम्पदाहरु मध्ये आत्मानन्द मिङ्सो माङहिम ( मन्दिर) पनि पर्दछ । यस माङहिममा बिहान बेलुका तान्छो युन्छो सेवा हुने माङहिमका सेवासाबा मिलन लाबुङले बताएका छन् ।