१८ जेष्ठ २०८३, सोमबार | Mon Jun 1 2026

दुधे युथ क्लब आत्मानन्द गोल्डकपको सेमिफाइनल प्रवेश



इलामको माङसेबुङमा जारी १८औं संस्करणको आत्मानन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा दुधे युथ क्लब प्रवेश गरेको छ। झापाको दुधेले भारतको सिलिगुडी कञ्चनजंगा फुटबल क्लवलाई ७-२ गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो।

खेलको पहिलो हाफमा दुधेका प्रदिप बुढाथोकी र निमा तामाङले दुई-दुई गोल गरेर टिमलाई अगाडि राखेको थियो। दोस्रो हाफमा सिलिगुडीका पुजन सुब्बा र अभिषेक ठकुरीले एक–एक गोल गरेका थिए। तर‚ निमा‚ प्रदिप र संजोक मगरले एक–एक गोल गरेर दुधेको ७ गोल बनाएका थिए। दुधे युथ क्लबका निमा तामाङ म्यान अफ द म्याच घोषित भएका छन्।

दुधेले मंसिर १३ गते हुने पहिलो सेमिफाइलनमा मोरङको सिरिजंगा स्पोर्टिङ क्लबसँग खेल्ने छ। मंसिर १० गतेको खेल युथ अफ माङसेबुङ‚ इलाम र दमक भाङबारी स्पोर्टिङ क्लब‚ झापाबीच हुनेछ।

किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७२औं जन्मोत्सवको अवसरमा आयोजित प्रतियोगितमा आठ टिम सहभागी छन्। प्रतियोगितका विजेताले नगद ३ लाख ११ हजार १७२ र उपविजेताले २ लाख ११ हजार १७२ रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्नेछन्।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट खेलाडी र उत्कृष्ट डिफेन्सलाई जनही ८ हजार १७२ रुपैयाँका साथ नगर र ट्रफी प्रदान गरिने छ। यसैगरी उदीयमान खेलाडी, उत्कृष्ट कोचले जनही ८ हजार १७२ रुपैयाँका साथ ट्रफी र मेडल प्राप्त गर्ने छन्। साथै खेलका म्यान अफ् द म्याचले ५ हजार १७२ प्राप्त गर्नेछन्।

तस्बिरहरूः योगेश लाओती

प्रकाशित मिति : १० मंसिर २०८२, मंगलबार  ६ : २३ बजे