७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सेर्माको अध्यक्षमा पुनः जि.बि सेर्मा याक्थुङबा



किरात समाचारः किरात याक्थुङ पापोहाङ सेर्मा सङजुम्भोको चौथो महाधिवेशनले पुनः जि.बि सेर्मा याक्थुङबा निर्वाचित हुनुभएको छ ।

बुधबारबाट सुरु भएको चौथो महाधिवेशन र दोश्रो अन्तराष्ट्रिय महासम्मेलनको बन्दसत्रबाट जि.बि. सेर्मा याक्थुङबा निर्वाचित हुनुभएको  हो ।

सेर्माहरुको संगठन किरात याक्थुङ पापोहाङ सेर्मा सङजुम्भोको पदाधिकारीहरुमा क्रमश उपाध्यक्ष विरेन्द्रकुमार सेर्मा, कविन्द्र सेर्मा, सुशिला फियाक सेर्मा, महासचिब कबिराज सेर्मा, सचिव खिङसेमी सेर्मा, सन्दिप सेर्मा, कोषाध्यक्ष लक्ष्मी निङलेकु सेर्मा, सहकोषाध्यक्ष अन्जना सेर्मा, सदस्यहरुमा भिमा खजुम सेर्मा, जीवन सेर्मा, इन्द्रकुमारी सेर्मा आङदेम्बे, भद्रमान सेर्मा, हर्कबहादुर सेर्मा, सुरेन्द्र सेर्मा, गंगाहाङ सेृर्मा, थोलबहादुर सेर्मा, महेशकुमार सेर्मा, बलबहादुर सेर्मा, रुपेश सेर्मा, देबेनद्र सेर्मा, ओलिकिङ सेर्मा, हरिकुमार सेर्मा, नन्दकुमार सेर्मा, धनेन्द्रकुमार सेर्मा रहेको निर्वाचन समितिका संयोजक डा. चनद्रकुमार सेर्माले बताएका छन् ।

 

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ३ : ५२ बजे