७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङ्सेबुङ गाउपालिकाको अध्यक्षमा पुनः इधिङगो र राई भिड्दै



किरात समाचार : यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि माङ्सेबुङ गाउपालिकामा नेकपा एमाले बाट सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएका छन् । पालिका अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत सिफारिस भएका हुन् ।

माङसेबुङ गाउँपालिकाको अध्यक्षमा एमालेबाट हेमन्त राई सर्वसम्मत सिफारिस भएका छन् । राई अघिल्लो निर्वाचनमा काँग्रेसका डिकेन्द्र इधिङ्गोसंग पराजित भएका थिए । २०७४ को स्थानीय तहको निर्वाचनमा माङसेबुङ गाउँपालिकामा नेपाली काँग्रेस र तत्कालीन संघीय समाजवादी फोरमकाबीच गठबन्धन भएको थियो । नेपाली काँग्रेसले अध्यक्षमा र संघीय समाजवादी फोरमले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।

नेकपा एमालेबाट उम्मेदवार बनेका हेमन्त राईले ३ हजार १८१ मत ल्याएको थिए भने कांग्रेसका उम्मेदवार डिकेन्द्र इधिङ्गोले ३ हजार ७५९ मत प्राप्त गरेर अध्यक्ष निर्वाचित भएका हुन् । माओवादी केन्द्रका दीपेन्द्र बस्नेतले ३११ मत पाएका थिए । नेकपा एमालेले माङसेबुङ गाउपालिका उपाध्यक्षमा सुनिता सुब्बा लाई नै दोहोर्‍याउन सिफारिस गरेको छ । सुब्बाले यस अघिको निर्वाचनमा काँग्रेस–संघीय समाजवादी फोरम गठबन्धनका विनोद नेम्वाङलाई पराजित गर्दै उपाध्यक्ष निर्वाचित भएकी थिइन् । सुनिता सुब्बाले ३ हजार ८९ मत ल्याएको थियोे भने गठबन्धनका विनोद नेम्वाङले २ हजार ७७१ मत पाएका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ६ : ०० बजे