७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सप्ताहव्यापी सेवाको समापनः किरात धर्मगुरुबाट भाषा संस्कृतिको संरक्षण गर्न उम्मेद्वारलाई अनुरोध



किरात समाचारः  किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङदेन निजी निवास गुरुआश्रममा विश्व शान्तिको निमित्त सप्ताहव्यापी सेवा सम्पन्न भएको छ ।

सेवा समारोहमा किरात धर्मगुरुले आशिर्वचन प्रदान गर्नुहुदै, विश्व शान्ति मानव एकतालाई जोड दिनु भएको थियो । उहाले विश्वमा शान्तिको आवश्यक छ, अहिले भईरहेको युक्रेन रसिया युद्ध चाडै अन्त्य होस् मैले कामना गरेको छु । म नेपाल देशको एउटा सानो नागरिक हु तै पनि युक्रेन, रसियाका सबै तहका मानिसहरुको आत्मामा माङको बास होस् । मैले यो सेवामा औधि माङसंग सेवा लगाएको छु । किरात धर्मगुरुले अहिले स्थानीय तहको चुनाबपनि आइरहेको छ जनताले सहि जनमत खसाउन आग्रह गर्नुभयो । सबै नेता तथा उम्मेद्वारलाई जितको शुभकामना दिनुहुदै, आफ्नो मात्रृ भाषालाई संरक्षण र संर्वद्धनका लागि स्थानीय सरकारले सोच्नु पर्ने बताउनु भयो । माङसेबुङ गाउपालिका वडा ५ मा कामकाजी भाषा घोषणा भएको छ । यसलाई निरन्तरता दिनका लागि माङसेबुङका सबै वडामा लिम्बु, राई, मगर, गुरुङ भाषाको कामकाजी घोषणा गर्नु होला ।

वहाँले किरात भाषा, किरात साहित्य, किरात धर्म परापुर्वकालदेखि भएको कुरालाई जोडदिनुहुदै, किरात धर्मको संरक्षण गर्नका लागि स्थानीय सरकारलाई आग्रह गर्नु भयो । वहाले, केपी ओलिलाई दुई दुई पटक आशिर्वाद दिएपनि काम नगरेको गुनासो गर्नुभयो । गुरुले थप्नुभयो माङले दिनपनि जानेको छ, लिनपनि जानेको छ, अन्तत दिन लिन जानिएन भने खरानीपनि हुने बताउनु भयो ।

सेवा समापन कार्यक्रममा माङसेबुङ गाउपालिकाका निर्वतमान अध्यक्ष डिकेन्द्र इधिङगोले महाबति प्रज्वलन गरेर समुद्धघाटन भएको थियो ।

कार्यक्रममा नेकपा एमाले माङसेबुङका अध्यक्ष हेमन्त राई  पालिकाका निवर्तमान उपाध्यक्ष सुनिता सुब्बा, क्रमशः बुद्धी खनाल, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपि पालुङवा, वडा ५ का निवर्तमान अध्यक्ष नरेन्द्र कुमार राई मंगोल नेश्नल अर्गनाइजेस माङसेबुङ गाउपालिका अध्यक्ष प्रेमराज केरुङ, माङसेबुङ ५ का स्वतन्त्र उम्मेद्वार सुवदल सेलिङ, गुरु नीजि कानुनी सल्लाहकार एन.एस फागो, पूर्व निजी सचिव माङमिङसोहाङ लिङदेन, माङगेन्ना सेवाका अध्यक्ष केहेरसिं योङहाङ लगायतको उपस्थिति रहेको थियो ।

सोही अवसरमा माङसेबुङ गाउपालिका गठबन्धन अध्यक्ष उम्मेदवार डिकेन्द्र इधिङगो, उपाध्यक्ष बिनोद नेम्बाङ, माङसेबुङ ३ नं. वडाका अध्यक्ष उम्मेद्वार लक्षमण राई खम्बु, नेवि संघका केन्द्रीय सदस्य प्रमिका मगरलगायतले किरात धर्मगुरु र गुरुआमाको हस्तवाहुलीमा माङफुङ, फुलमाला ग्रहण, शिर उठाउने र किरात धर्ममा दिक्षित समेत भएको थियो ।

सेवा समापन कार्यक्रमको औचित्य मन्तव्य गुरु आश्रम भौतिक निमार्णका अध्यक्ष तथा कार्यक्रम सह अध्यक्ष देउमान आङबुहाङले गरेको थिए भने टिकाराम केरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

बैसाख १५ गतेबाट सुरु भएको विश्व शान्ति तथा मानव एकताका लागिभएको सेवामा किरात धर्मावलम्बीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

 

 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ५ : ५१ बजे