७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङ्सेबुङमा मंगोल अर्गनाइजेसनबाट अध्यक्षमा एक्लो उम्मेद्वार प्रेमराज केरुङ लिम्बू



किरात समाचार : बैशाख ३० गते हुनगइरहेको स्थानीय तह निर्वाचनमा प्रेमराज केरुङ लिम्बुले मंगोल नेसनल अर्गनाइजेसनबाट माङ्सेबुङ गाउपालिका अध्यक्ष उम्मेदवार दिएको छ । ६ वडा रहेको पालिकामा उम्मेदवार दिनेमा मंगोल नेसनल अर्गनाइजेसन पार्टीका प्रेमराज केरुङ लिम्बू एकमात्र उम्मेदवार हुन् ।

स्थानीय तहको निर्वाचनमा तपाईंको चुनावी एजेन्डा/प्रतिबद्धता के छ भन्ने प्रश्नमा उनले भने यो देशलाई अन्य राजनीतिक दलहरुले विकासका लागि केही नगरेको प्रती खेदप्रकट गर्दै जनताको नजरबाट हेर्दा पहिचानको लागि मंगोल नेसनल अर्गनाइजेसन पार्टिले एउटा एजेन्डा लिएर पालिका अध्यक्षमा उम्मेदवारी दिएको बताए । उनले भने माङ्सेबुङ गाउपालिकाको विकासको लागि मेरो प्रतिबद्धता जनतामाझ लिएर गएको छु।’सडक,बिधुत,खानेपानी,  स्वास्थ्य,भाषा कामकाजी,गरिबिनिवारण,कृषि,पर्यटन,युवा रोजगार आदि प्रतिबद्धता रहेको बताए ।

उनले भने यो देशमा हाम्रो इतिहास मंगोलको इतिहास , किरातको इतिहास युवाहरुले भुल्दै गएकोमा बिद्यार्थी , युवाहरूलाई जोड्नको लागि इतिहास बुझाएर लान आवश्यक रहेको बताएका छन् । यसैगरी नेपाली कांग्रेस , एमाले लामो समयसम्म राजनीतिक गरेपनि हाम्रो समुदायको लागि केही नगरेकोले पछिल्लो समय राजनीतिमा होमिएको बताएका छन ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १२ : ०६ बजे