७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

किरात धर्मगुरु दम्पतीद्वारा मतदान



किरात समाचार : किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देनले मतदान गर्नुभएको छ ।

स्थानीय तह निर्वाचन २०७९ को लागि शुक्रबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङ तथा गुरुआमा साबा पबित्रहाङमा लिङ्देनले माङ्सेबुङ गाउपालिका वडा नम्बर ५ को भालुटारस्थित श्री सरस्वती माबिको मतदान केन्द्र ( क ) बाट मतदान गर्नुभएको हो ।

नेपालभर शुक्रबार बिहान ७ बजेबाट स्थानिय तह निर्वाचनको लागि मतदान सुरु भएको केही मिनेटमै किरात धर्मगुरु गुरुपरिवारले सरस्वती माबिको मतदान केन्द्रमा धर्मगुरु गुरुआमाबाट मतदान गरि सुरु गरेका हुन् । मतदानमा गुरुपरिवार सुपुत्र नाम्बिनहाङ लिङ्देन , शुभनन्द लिङ्देन,मनाहाङ लिङ्देन,  इक्सानन्द लिङ्देन, गुरु सुपुत्री  निर्मला लिङ्देन,ममिला लिङ्देनले मतदान केन्द्रमा मतदान गरेका हुन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ४ : २७ बजे