७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

निर्वाचन अपडेट : मतगणना शुक्रबार रातिबाटै थालिने



काठमाडौ : स्थानीय तह निर्वाचन २०७९ को मतगणना कार्य शुक्रबार रातिबाटै थालिने निर्वाचन आयोगले जनाएको छ ।

मतदान सकिएलगत्तै मुचुल्का उठाएर मतपेटिका मतगणनास्थलमा पुर्याउने र सर्वदलीय बैठकको निर्णयपछि शुक्रबार रातिबाटै गणना कार्य सुरु हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

शुक्रबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको लागि समय निर्धारण गरिएको छ ।केही मतदान केन्द्रहरुमा पूर्वनिर्धारित समयभन्दा ढिलो मतदान सुरु भएका छन् । ती स्थानहरुमा ५ बजेभित्र मतदानस्थलमा प्रवेश गरिसकेकाहरुले मतदान गर्न पाउने आयोगको भनाइ छ ।

 

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १ : ३३ बजे