७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

निर्वाचन अपडेट : माङ्सेबुङ -३ दुर्गा माबिमा ६३.७ प्रतिशत मत खस्यो



माङ्सेबुङ : स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत  माङ्सेबुङ गाउँपालिका वडा नम्बर ३ को दुर्गा मा.बि. बाँझो मतदान केन्द्रमा ६३.७ प्रतिशत मत खसेको छ ।

माङसेबुङ ३ खलङगे स्थित श्री दुर्गा मा.बि. बाँझोको मतदान केन्द्रमा शुक्रबार बेलुकी ५ वजे सम्पन्न मतदानमा ६३.७ प्रतिशत मत खसेको हो ।

१ हजार ४ सय ९३ मतदाता संख्या रहेकोमा जम्मा ९ सय ५२ मत खसेको दुर्गा मा.बि. बाँझो मतदान केन्द्र ‘क’ का मतदान अधिकृत सन्देश राउतले बताए ।

 

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १ : ५१ बजे