मंगलबारे : इलामको देउमाई नगरपालिकाको मतगणनाको क्रममा बिबाद उत्पन्न भएको छ ।
मतगणना स्थलमा नगरपालिकाका एकजना कर्मचारीको साथमा स्वस्तिक छाप र मोबाइल भेटीएपछि बिबाद उत्पन्न भएको हो ।
बिबाद पछि गणना स्थल बाहिर झडपको अवस्था सृजना भएको पत्रकार टीका खतिवडाले बताएका छन ।
गठबन्धन दलका नेता कार्यकर्ताले पुन मतदानको माग गरेका छन् । थप बिबरण आउन बाँकी रहेको छ ।