७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

फुङ्लिङ नगरपालिका वडा ११ मा माओवादीका युवराज भट्टराई प्यानल बिजयी



ताप्लेजुङ : ताप्लेजुङको  फुङ्लिङ नगरपालिका वडा नम्बर ११ मा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्ष पदमा युवराज भट्टराईसहित प्यानल नै विजयी भएका छन् । भट्टराईले ३५४ मत प्राप्त गर्दै विजय भएका हुन् ।

उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार मनित इजमले २४९ मत प्राप्त गरेको छ भने एमालेका सबिन विष्टले २०१ मत प्राप्त गरेको छ ।

त्यस्तै महिला सदस्य पदमा ३५७ मत प्राप्त गर्दै बिनिता राई विजय भएकी छन् । दलित महिला सदस्य पदमा ३४७ मत प्राप्त गर्दै कमला विश्वकर्मा विजयी भएकी छन् । खुल्ला सदस्य पदमा ३७८ र ३३७ मत प्राप्त गर्दै लक्ष्मी विष्ट र नन्दकुमार इजम विजयी भएका छन्।

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  २ : २९ बजे