३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

पान्थर मिक्लाजुङको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेस विजयी



किरात समाचार : पान्थरको मिक्लाजुङको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेस विजयी भएका छन् ।
मिक्लाजुङ गाउँपालिका अध्यक्ष पदमा गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका नेकपा माओवादीका उम्मेद्वार अमरराज माखिम विजयी भएका छन् । उनका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका नरेन्द्र कुमार बस्नेतलाई ४ हजार २६ मत अन्तरले पराजित गर्दै माखिम अध्यक्ष पदमा विजयी भएका हुन् ।

माखिमले ६ हजार ६५ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी एमालेका नरेन्द्र बस्नेतले २ हजार ३९ मत अन्तरले पराजित भएको निर्वाचन अधिकृत कार्यलयले जानकारी दिए ।

माखिम निवर्तमान गाउँपालिका अध्यक्ष हुन् । २०७४ को स्थानीय तह सदस्य निर्वाचनमा पनि नेकपा एमालेका धनकुमार फियाकलाई नै पराजित गर्दै माखिम अध्यक्षमा विजयी भएका थिए । ५ वर्षपछि पनि पुनः जनताको रोजाईमा परेका छन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसका सन्तकुमार शेर्मा ‘सन्तोष’ विजयी भएका छन् । शेर्मासँग एमालेकी धनमाया सारु मगर पराजित भइन् । शेर्माले ५ हजार ५४२ मत प्राप्त गर्दा मगरले ३ हजार ३ सय ७२ मत ल्याइन् ।

मिक्लाजुङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) संयुक्त गठबन्धन थियो ।  यस्तै मिक्लाजुङ गाउपालिकामा मिश्रित परिणाम आएको छ । वडा नम्बर १ मा घनेन्द्रराज आङ्देम्बे (स्वतन्त्र), वडा, २ मा महेन्द्र थापा (काँग्रेस), वडा ३ मा, जिवनहाङ फियाक (काँग्रेस), वडा ५ मा अबिशन लाओती (माओवादी),वडा ६ मा पूर्णकुमार आङ्बोहाङ (माओवादी), वडा ७ मा रेग्मी (माओवादी), वडा ८ मा रामेश्वर वाजी (एमाले) विजयी भएका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ८ : ०३ बजे