७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

इलामको पालिका प्रमुखहरुले लिए शपथग्रहण



इलाम : स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित इलाम जिल्लाका ८ वटा स्थानिय तहका प्रमुखहरूले सपथग्रहण गरेका छन् ।

बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचनमा विजयी इलाम, देउमाई र माई नगरपालिकाका प्रमुख र सन्दकपुर रोङ, माङसेवुङ र चुलाचुली गाउपालिकाका अध्यक्षहरूले मुख्य निर्वाचन अधिकृत हरिषचन्द्र इङनामले विजेताहरूलाई सदरमुकाममा शपथग्रहण गराउनुभएको हो ।

इलाम नगरपालिकामा नेपाली कांग्रेसका केदार थापा, देउमाई नगरपालिकामा नेकपा (एमाले)का सूर्य पोख्रेल, माई नगरपालिकामा एमालेका खम्वसिंह लिम्वु, रोङमा कांग्रेसका मणिकुमार स्याङ्वो विजयी भएका थिए । सन्दकपुरमा कांग्रेसका तुलाराम गुरुङ, चुलाचुलीमा कांग्रेसकै राजेन्द्र केरुङ, माइजोगमाईमा एमालेका कुशबहादुर थेबे, फाकफोकथुममा एमालेका दिपेन्द्र खनाल र माङसेवुङमा एमालेका हेमन्त राई विजयी भए । फाकफोकथुमको गणना विहान मात्र सकिएको र सूर्योदय नगरपालिकामा समाचार तयार पार्दासम्म गणना सकिएको छैन ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  १० : ४९ बजे