७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङ्सेबुङका ६ जना निर्वाचित जनप्रतिनिधिले बान्तावा भाषामा लिए शपथ



किरात समाचार : इलामको माङसेबुङ गाउँपालिकामा स्थानिय तह निर्वाचन २०७९ मा नवनिर्वाचित ६ जना नयाँ जनप्रतिनिधिहरूले आफ्नो बान्तावा मातृभाषामा सपथ लिएका छन् ।

गत सोमबार माङ्सेबुङ गाउपालिकाका नवनिर्वाचित अध्यक्ष हेमन्त माक्रिहाङ राईमार्फत पालिकाको सभाहलमा वडा नम्बर ३ को वडाध्यक्ष लछुमान राई (जनम) वडा नम्बर ५ का वडाध्यक्ष नरेन्द्रकुमार राई वडा २ का सदस्य मनिप्रसाद राई ,वडा ३ का सदस्य सुर्यकुमार राई,वडा४ का सदस्य धनबहादुर राई,वडा ६ का सदस्य दिवस राईले आफ्नो मातृभाषा बान्तावामा सपथ लिनुभएको हो ।

यसैगरी मातृभाषामा शपथग्रहण लिनेमा लछुमान राई नेकपा माओवादी केन्द्र, नरेन्द्रकुमार राई राष्ट्रिय जनमुक्ति पार्टीबाट निर्वाचित हुनुभएको हो । त्यस्तै अन्य निर्वाचित वडा सदस्यहरूमा वडा नम्बर २ का मनिप्रसाद राई, वडा नम्बर ३ का सूर्यकुमार राई, वडा नम्बर ४ का धनबहादुर राई र वडा नम्बर ६ का दिवस राई रहेका छन् । यी चारैजना जनप्रतिनिधिहरू नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ५ : ३१ बजे