७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मोरङको सुन्दरहरैचामा सुम्निमा पारुहाङको प्रतिमा अनावरण



मोरङ : मोरङको सुन्दरहरैचा ९ साकेला थानमा निर्मित सुम्निमा पारुहाङको प्रतिमा मंगलबार अनावरण भएको छ ।

किरात राई यायोक्खा सुन्दरहरैचा नगर समितिको पहलमा निर्माण भएको सुम्निमा पारुहाङको प्रतिमा साकेला चाडको अवसर पारेर अनावरण गरेको हो ।

मंगलबार विराटचौक स्थित साकेला थानमा साकेला पुजा, शुभकामना आदान प्रदानका र साकेला नृत्य कार्यक्रम रहेको थियो । सोही अवसरमा साकेला परिसरमा निर्मित सुम्निमा पारुहाङको प्रतिमा कार्यक्रमको प्रमुख अतिथि समेत रहेका किरात राई यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राईको हस्तबाहुलीबाट प्रतिमा अनावरण गरिएको थियो ।

किरात राई समुदायमा पिता, पुर्खाको आत्मा खुसी बनाएर सुःख, शान्ति र संमृद्ध हुने बिस्वास गर्दछन । सुम्निमा पारुहाङलाई राई समुदायले पितृदेवको रुपमा मान्दै आएको छ । यायोक्खा नगर समितिको पहलमा आफ्नै समुदायसँग आर्थिक सहयोग संकलन गरेर प्रतिमा निर्माण गरिएको यायोक्खा सुन्दर हरैचा नगर समिति अध्यक्ष परेशकुमार राईले बताए ।

साकेला कार्यक्रममा शालिक बनाउन सहयोग गर्ने सहयोगदाताहरुलाई कदर पत्र प्रदान गरिएको थियो । साकेला नाचको लागि मोरङ र सुनसरीको बिभिन्न स्थानदेखि १० भन्दा बढी टोली सहभागि भएका थिए ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  १० : ०९ बजे