७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

म बाच्न चाहन्छु,३३ बर्षिय क्यान्सर पिडित भुमिका लिम्बुको सहयोगको अपिल



किरात समाचार : इलामको माङ्सेबुङ ५ निवासी क्यान्सर रोगी भुमिका लिम्बुले सहयोगको अपिल गरेकी छिन् । लिम्बूले ´म बाच्न चाह्न्छु` मलाई बचाउनुहोस भन्दै सहयोगीहरु समक्ष सहयोगको अपिल गरेकी छन् ।

भुमिका ३ साल देखि घाटिको समस्याबाट ग्रसित छिन् । फक्ताङलुङ ४ ताप्लेजुङ साबिक इखाबु निवासी आनन्द बहादुर लाबुङ र आमा प्रेमकुमारी लिङ्देनको भुमिका बुहारी हो । ०५९ सालदेखी स-परिवार माङ्सेबुङ ५ इलाममा बस्दै आएको छ । ३३ वर्षीय भुमिका लिम्बुको उपचारका लागि उनका श्रीमान मणि लाबुङले सहयोगको हात फैलाएका छन् । उनले भने धार्मिक संघसंस्थामा रहेर काम गरे । संघसंस्थाले केही सहयोग गरिदिए श्रीमतिको उपचार गर्न सक्थे भनेर सबैसँग सहयोगको पहल गरिदिन मणिले आग्रह गरेका छन् ।

२ छोरा १ छोरिकी आमा भुमिका रोगको असरले राम्रोसंग कान सुन्दैन् । आँखा समेत सुनिएको छ । हामिले केही बोल्न अनुरोध गरेपछि निक्कै बेरपछी मात्रै बोलिन !म बाच्न चाहन्छु ` उनलाई यति बोल्न साहस जुटाउन निक्कै गार्हो भयो गहभरी आँसु पार्दै भनिन मेरो बच्चाहरु सानो सानो छ , म बाच्न चाहन्छु ! मलाई बचाईदिनुहोस ! यो उनको कारुणिक आवाजले कस्को हृदय रुदैन होला र !

आर्थिक अवस्था कमजोर भएकोले शुरुमा राम्रो उपचार हुन नसकेको श्रीमान मणिले बताए । आफ्नो आफन्तबाट पाएको सहसहयोगले बिर्तासिटी अस्पताल र भक्तपुर क्यान्सर अस्पताल काठमाडौमा उपचार गर्दा ३ लाख रुपैयाँ सकियो । शुरूमा बुहारिको घाटिमा सुनिएको जस्तो मात्रै थियोे ! हाल भुमिका लिम्बुको अवस्था गम्भीर बनेको छ । समान्य गाउघरमा बनिबुतो ज्याला मजदुरी गर्दै दैनिक जीविकोपार्जन गर्दै आएका उनको श्रीमान उपचार खर्चको अभावमा यतिबेला भौतारिइरहेका छन् ।

अस्पताल लैजाने पैसा छैन ? भुमिकाको सासू आमाले भनिन । औसधि समेत किन्ने पैसा सकिएपछि भुमिकालाई आयुर्वेदिक औसधि खुवाउदै आएको उनकि सासू आमाले बताइन् । यो बस्दै गरेको घरपनी हाम्रो होईन । यो घर पनि अरुकै हो। भन्नुहुन्छ
सम्पत्तिको नाममा केही छैन । लाबुङ परिवार ओछ्यान परेकी बुहारी भुमिकाको उपचारको लागि सहयोगी सबैसँग गुहार मागिरहेका छन् ।

विरामीको सहयोगको लागि
सुमन लावती
सपर्क न. : ९८४२६८८३७२
सिटिजन इन्टरनेशनल बैक लि.
बैंक खाता नं. 0690100000001044

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  १२ : ०२ बजे