७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङ्ले रोजेको पवित्र स्थान माङ्सेबुङ : किरात धर्मगुरु



किरात समाचार : किरात धर्मगुरु मुहिङ्गुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङले माङ्सेबुङ माङ्हरु जन्म लिने, माङले रोजेको पवित्र स्थान रहेको बताउनु भएको छ ।

आज आइतबार इलामको माङ्सेबुङ वडा नम्बर ५ गुरुनिजी आश्रम स्थित सम्पन्न नव निर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना आदानप्रदान तथा बधाई कार्यक्रममा किरात धर्मगुरुले सो कुरा बताउनु भएको हो ।

कार्यक्रममा किरात धर्मगुरु मुहिङ्गुम अङसिमाङ लिङ्देन आत्मानन्द सेइङद्वारा गत बैशाख ३० गते सम्पन्न स्थानिय निर्वाचनमा माङ्सेबुङ गाउपालिकामा निर्वाचित प्रतिनिधिहरुलाई फुलमाला सहित टीका माङफुङ लगाएर आशीर्वाद प्रदान गर्नुभएको थियो ।

किरात धर्मगुरुले आशीर्वचन प्रदान गर्नुहुदै भन्नुभयो माङसेबुङको चुक्चिनाम्बा डाडागाउमा महागुरु फाल्गुनन्द लिङ्देनको जन्म भएको हो । धर्मगुरुले भन्नुभयो म पनि यहि आगौटेबारिमा जन्मेको हु । वहाँले माङ्सेबुङका नवनिर्बाचित जनप्रतिनिधिहरु लाई जनताको सेवामा लाग्न आशीर्वाद समेत दिनुभएको छ । धर्मगुरुले माङ्सेबुङको बिकास योजनाहरु सबै क्षेत्र र ठाउहरुमा गर्न अनुरोध गर्नुहुदै अधुरो विकासहरु पूरा हुनेमा बिश्वास समेत राख्नु भयो । बिकास निर्माणमा सबै एक भएर लागे माङ्सेबुङ स्वर्ग जस्तै हुने बताउनु हुदै बिश्वको दृष्टि परेमा त्यहाबाट आएको आम्दानी माङ्सेबुङको स्रोत हुने बताउनु भएको छ ।     

कार्यक्रममा प्रमुख अतिथी माङ्सेबुङ गाउपालिका उपाध्यक्ष बिनोद नेम्बाङ रहेको थियो । विशेष अतिथी वडा ५ का अध्यक्ष नरेन्द्रकुमार राई, वडा ३ का अध्यक्ष जनम खम्बु , वडा १ का अध्यक्ष भुपाल योङहाङ, गुरुनिजी कानुनी सल्लाहकार एनएस फागो, किरात साम्यो नालिफुङ्वा अध्यक्ष पृतिमान खालिङ , आत्मा पवित्र गौशाला समिती अध्यक्ष बिरबहादुर आङ्ला,किरात साम्यो सिवाखाहुन पान्जुम्भो अध्यक्ष नरकुमारी पाहिम , गुरुनिजी कृषि मापजुम अध्यक्ष सरुहाङ्मा सेलिङ रहनु भएको थियोे । 

गठबन्धनले बिजय उत्सवमा हजारौंको सहभागितामा र्यालीमा ढोल झ्याम्टा,केलाङ सहित माङ्सेबुङको रिङरोड परिक्रमा गरि बिजय उत्सव मनाए । कार्यक्रममा माङ्सेबुङ गाउपालिका उपाध्यक्ष बिनोद नेम्बाङ , गुरुनिजी कानुनी सल्लाहकार एनएस फागो , १ नम्बर वडा अध्यक्ष भुपाल योङहाङ,३ नम्बर वडा अध्यक्ष लक्षुमन खम्बु ( जनम) ५ नम्बर वडा अध्यक्ष नरेन्द्रकुमार राईले शुभकामना मन्तब्य राखेको थियोे ।

गुरुनिजी कृषि आश्रम अध्यक्ष टिकाराम केरुङको अध्यक्षतामा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रम सचिव उदय विक्रम तुम्बापोले सञ्चालन गरेका थिए । भने, स्वागत मन्तव्य भगिहाङ नेम्बाङ लिम्बुले राखेका थिए ।

 

 

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  ४ : ५९ बजे