७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

तारा एयर विमान दुर्घटना : मृतकहरुको शव काठमाडौं ल्याइने



काठमाडौ : तारा एयरको विमान दुर्घटनास्थल नेपाली सेना र नेपाल प्रहरीको टोलि पुगेको छ । आइतबार सम्पर्कविहीन भएको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ मा भेटिएको थियो। स्थानीयले खबर गरेपछि नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको छ ।

तारा एयरको जहाज पुरै टुक्राटुक्रा अवस्थामा छ भने कोही पनि यात्रु जिउँदै  नरहेको त्यहाँ पुगेका उद्धारकर्मीले बताएका छन् । शव संकलन गरिरहेको नेपाली सेनाको विजयपुर ब्यारेकका प्रमुख सेनानी प्रेम पौडेलले जानकारी दिए । दुर्घटनामा परी मृत्यु भएकाहरूको शव सिधै काठमाडौं ल्याइने छ ।

हुस्सु र कुहिरोका कारण अझै हेलिकोप्टर राम्रोसँग उड्ने अवस्था नरहेको उनले बताए । सेनाका १ जना र प्रहरीका १ जनालाई हेलिकोप्टर मार्फत झारिएको हो । चालक दलका तीन सहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका नेपाली सेना र नेपाल प्रहरीको टोली तारा एयरको विमान दुर्घटनास्थल पुगेको छ । आइतबार सम्पर्कविहीन भएको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ मा भेटिएको थियो। स्थानीयले खबर गरेपछि नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ४ : २३ बजे