७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

रुक्साना लिम्बूको नयाँ गीत ‘आभास’ भिडियो सहित सार्वजनिक



माङ्सेबुङ: गायक तथा संगीतकार एकान्त आङदेम्बेको शव्द तथा संगीतमा द भ्वाईस अफ किड्स नेपालका फिनालिष्ट रुक्साना लिम्बूको सुमधुर आवाजमा सजिएको नयाँ गीत ‘आभास’ भिडियो सार्वजनिक गरिएको छ ।

निर्देशक जीवन वायुङ राईले निर्देशन गरेको छ भने चित्र मिडियाको छायाँकन तथा सम्पादन रहेको ‘आभास’ गितको भिडियो गायक एकान्त आङदेम्बेको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

संगीत संयोजनमा देबेश राईको रहेको छ । सो गित  सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् । गायीका रुक्साना लिम्बूकै फिचरिङ रहेको भिडियोमा पोष्ट प्रडक्सन बिबिध ब्रान्डिङको रहेको छ ।   भिडियो हेर्नुहोस      https://youtu.be/AlTnNcsT31o

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  १ : २१ बजे