७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

फक्ताङलुङ सयङको अध्यक्षमा यादन सेर्मा



काठमाडौ : फक्ताङलुङ सयङ, फक्ताङलुङ साँस्कृतिक मञ्चको केन्द्रीय अध्यक्षमा यादन सेर्मा ‘नुनाम’ निर्वाचित भएका छन् ।

शनिबार ललितपुर स्थित किरात याक्थुङ चुम्लुङ हिममा किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनको प्रमुख आतिथ्यमा सम्पन्न फक्ताङ्लुङ सयङ, फक्ताङलुङ साँस्कृतिक मञ्चको चौथो राष्ट्रिय महाधिवेशनबाट यादन सेर्माको अध्यक्षतामा १४ सदस्यीय समिति निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा मोहन मादेन र तारा थेबे, महासचिवमा कन्चन थालङ, सचिवमा जे.पी. नेम्बाङ, कोषअध्यक्षमा मञ्जु लावती, सह कोषाध्यक्षमा शम्भु फोम्बो चयन भएका छन् । यसैगरि सदस्यहरुमा सगुन आङ्देम्बे, गंगा फियाक, लक्ष्मन लिम्बु, दिपा सुहाङ, पुस्पांजलि तिलिङ्, राजेन्द्र केरुङ, तिर्सना नेम्बाङ् निर्वाचित भएका छन् ।

मुन्धुमविद तथा किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष गोविन्द आङबुङ, पूर्व पूमुख जिल्ला अधिकारी तथा मदन पुस्कार विजेता भगिरथ इङनामको बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा वरिष्ठ लिम्बू गायीका मनु नेम्बाङ, चर्चित गायक प्रथम नेपाली तारा दिपक लिम्बू, लोकप्रिय गायक तथा संगीतकार बिनोद खम्बू, निर्देशक हाङ चेम्जोङ लगायत दर्जनौ कलाकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

साँगितिक प्रस्तुति समेत प्रस्तुत गरिएको महाधिबेशनमा लिम्बू गीत संगीतमा लामो समयदेखि योगदान पु¥याउदै आएका गीतकार तथा संगीतकार प्रेम पन्धाक लिम्बू नगद १० हजार सहित खदा र सम्मान पत्रद्वारा सम्मानित भएका छन् ।     

फक्ताङलुङ सयङका अध्यक्ष भवानी बिक्रम सम्बाहाङफेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव मोहन मादेनले गरेका थिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  ३ : ४० बजे