७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

भोलिबाट माङ्सेबुङको सरस्वति माबिमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु हुँदै



किरात समाचार : इलामको माङ्सेबुङ वडा नम्बर- ५,अवस्थित रहेको श्री सरस्वती माध्यमिक बिधालयमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ । तीन दिनसम्म संचालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलि शुक्रबारबाट प्रारम्भ हुने भएको छ ।

माङ्सेबुङ गाउँपालिका शिक्षा शाखाको आयोजनामा हुने राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा गाउपालिका भित्रका बिधालयले सहभागी जनाउने छ । सो खेलकुद प्रतियोगिता माङ्सेबुङ वडा ५ मा रहेको श्री सरस्वती माध्यमिक बिधालयको प्राङ्गणमा खेलकुद प्रतियोगिता हुने भएको हो ।

राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पालिका भित्रका सहभागी बिधालयहरु श्री सरस्वती माध्यमिक बिधालय , श्री दुर्गा माध्यमिक बिधालय , श्री जनज्योति माध्यमिक बिधालय , श्री इभाङ माध्यमिक बिधालय , महेन्द्रदय माध्यमिक बिधालय , श्री चिसोपानी माध्यमिक बिधालय , श्री बिध्या सिर्जना माध्यमिक बिधालय रहेका छन् ।

भोलिबाट सुरु हुने प्रतियोगितामा विभिन्न खेलहरु हुनेछ ।प्रतियोगितामा भलिबल,रनिङ,हाईजम्प,ज्याप्लिङ थ्रो,कबडी , छेलो , कराते लगायतका खेलहरु हुने सरस्वती मा.बी का प्रधानाध्यापक हरिकुमार आङ्देम्बेले जानकारी दिए ।

यसैगरी राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता यस अघिको बर्षहरुमा चतुरे र इभाङमा सम्पन्न भएको थियो । यसपटक माङ्सेबुङ वडा ५ को श्री सरस्वती माध्यमिक बिधालयमा हुनेछ ।

 

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार  १० : १७ बजे