७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

गाउँमै प्राविधिक शिक्षा ‘बाली बिज्ञान’ पढ्दै विद्यार्थी



माङ्सेबुङ : इलामको माङ्सेबुङ -५ स्थित सरस्वती माध्यमिक बिधालयमा प्राविधिक कृषि शिक्षा बाली बिज्ञानको पठनपाठन भइरहेको छ । ०७७ सालदेखि सो बिधालयमा प्राबिधिक शिक्षा पढाई सुरु भएको हो । पहिलो बर्ष कक्षा ९ मा मात्र अध्ययन अध्यापन भएको बिषय हाल कक्षा १० सम्म पढाई हुँदै आइरहेको छ ।

प्राविधिक शिक्षा अध्ययन गर्नेमा उक्त बिधालयको कक्षा ९ मा २१  जना र १० कक्षामा २१ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । एसइइ दिइसकेका ३३ जना विद्यार्थीले ओ.जि.टी तालिम लिइरहेको शिक्षक दिप्सन राईले बताएका छन् ।

पछिल्लो समयमा गाउँमै प्राविधिक शिक्षा पढ्न पाएकामा बिद्यार्थीहरु पनि खुशी छन् ।उनले भने ‘सैद्धान्तिक शिक्षालाई ब्यवहारिक रूपमा देखाउने काम ओजिटिको रूपमा गर्नुपर्दछ।”
प्राविधिक शिक्षा सञ्चालन गरेपछि पढाइका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ । गाउँमै बसेर विद्यार्थीले कम खर्चमै गुणस्तरीय प्राविधिक शिक्षा पढ्न पाएका छन्। गाउँपालिकाकै एक मात्र प्राविधिक कृषि बाली बिज्ञान सरस्वती माबिमा पठनपाठन हुँदै आइरहेको छ ।

गाउँमै प्राविधिक शिक्षा

गाउँमै प्राविधिक कृषि शिक्षा बाली बिज्ञान पढ्न पाउँदा विद्यार्थीहरु पनि खुशी छन् । प्राविधिक विषयप्रति चासो बढ्दै गएको छ । प्राविधिक शिक्षा लिँदा जागिर पाउन कुनै समस्या नहुने भएकाले पनि नयाँ विषयप्रति विद्यार्थीहरुको रुचि बढेको पाइन्छ । बाली विज्ञानको अध्ययनपश्चात् गाउँमा नै जागिर पाइने भएकाले पनि विद्यार्थीहरुको रुचि बढेको हो । बाली बिज्ञानका विद्यार्थी सेसेहाङ लिम्बू भन्छन् हामिले गाउँघरमा गरिने खेतीपाती जस्तै आधुनिक तरिकाले कृषि उत्पादन गर्न सकिन्छ ।” अर्का बिद्यार्थीका अनुसार आधुनिक खेती गरेर आफै गाउँघर, बजारमा निर्यात गर्न सकीने बताएका छन् ।

ब्यवहारिक पठनपाठनमा कठिनाइ
बाली बिज्ञान प्राविधिक शिक्षाको लागि पर्याप्त मात्रामा जग्गाको आवश्यक पर्ने गर्दछ । ब्यवहारिक रूपमा खेतिपाती गर्नुपर्ने भएकोले पनि पर्याप्त जग्गा चाहिने शिक्षक दिप्सन राइले बताएका थिए । उनको भनाइ अनुसार मौसमी र बेमौसमी खेतिको लागि आवश्यक जग्गा छ । तर कागती,सुन्तला जस्ता बिरुवाको लागि लामो समयसम्म हेरचाह गर्नुपर्ने भएकोले बिधालयको आफ्नै जग्गा भए दिगो र ब्यवहारिक रूपमा अध्ययन गर्नका लागि कुनै कठिनाइ हुने थिएन । त्यसतर्फ बिधालय ब्यवस्थापन समितिको ध्यान जान आवश्यक देखिएको छ ।

फिचर लेखन तालिममा सहभागी : नोमिम,निङ्वा,शरण,सुजन लगायतले समुहमा लेखिएको समाचारको सम्पादित

 

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ४ : ५२ बजे