२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

फिचर लेखन तालिम समापन – kiratsamachar



माङ्सेबुङ गाउपालिकाको आर्थिक सहयोगमा माङ्सेबुङ पब्लिकेशन एन्ड मिडिया प्रालिले आयोजना गरेको पाँच दिने फिचर लेखन तालिमको समापन गरिएको छ ।

आइतबारदेखि सरस्वती माबिको हलमा संचालन भएको फिचर लेखन तालिम बुधबार समापन गरिएको हो । तालिममा १२ जनाले सहभागिता जनाएका थिए । तालिम समापनमा सहभागीहरूको तर्फबाट योगेस लावतीले तालिमको उपलब्धिहरूबारे अनुभव सुनाएका थिए ।

कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङ्सिमाङ्गेन्ना सेवा उपाध्यक्ष होम लिङ्देन , किरात धर्म साहित्य उत्थान संघका उपाध्यक्ष दुधबहादुर लाओती, नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) केन्द्रीय उपाध्यक्ष तालिमका सहजकर्ता कमन देवान याक्खा लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा किरात साम्यो माङसेवासावा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष बलराम खजुम, किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोका कोषाध्यक्ष खगेन याक्खा, फाल्गुनन्द बोर्डिङ स्कुलका प्रिन्सिपल जलन आङबुहाङ, किरात साम्जिक मुन्धुम युक्सिङ निसामहिमका व्यावस्थापन समिति अध्यक्ष मदन इङनाम लगायतको उपस्थिति रहेको थियो ।

तालिम फोनिज उपाध्यक्ष कमन देवान र मनकुमार आङबुहाङ अबोध अबिरलले फिचर लेखन तालिमका सहभागीहरूलाई सहजीकरण गरेका थिए ।

माङसेबुङ मासिकका कार्यकारी सम्पादक ज्ञानु केदेमको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको स्वागत मन्तव्य सेलिङ सेन्दो प्रविनले राखेका थिए । कार्यक्रम काकीराम लावती ‘आन्छुमे नसान’ले सन्चालन गरेका थिए ।

 

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ५ : ३७ बजे