२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

बहुभाषिक नाट्य उत्सवमा लिम्बू भाषाको ‘सिमिक्वा’ मञ्चन



किरात समाचार : काठमाडौंमा सम्पन्न बहुभाषिक नाट्य उत्सव २०७९ मा लिम्बू भाषाको नाटक मन्चन गरिएको छ ।

काठमाडौंको थपागाउँस्थित कुञ्च थिएटर आरोहण गुरुकुलमा किरात लिम्बू मिथकमा आधारित ‘सिमिक्वा’ नाटक शुक्रबार मन्चन गरिएको हो ।   

संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र स्कुल अफ थिएटरले संयुक्त रुपमा आयोजना गरेको बहुभाषिक नाट्य उत्सवमा मन्चन गरिएको ‘सिमिक्वा’ नाटकको निर्देशन विक्रम वनेम फागोको रहेको छ । सहनिर्देशनमा चेतन आङ्थुपोले साथ दिएका छन् ।

लेखक शिवकुमार श्रेष्ठको कथा संकलन रहेको छ । सो कथालाई नाट्य रुपान्तरण सुमन लिङदेनले गरेका छन् । किरात लिम्बू मिथकमा आधारित नाटकमा कलाकारहरु मिना नेम्बाङ (आम्मो),पासाङ ल्हामुु शेर्पा (छोरी), मनकुमार योङहाङ (यवा), शिखर लाम्गादे (च्याउ, चरा), सविरन राई (च्याउ, चरा), उज्वल घिमिरे (सानो चरा) लगायतको अभिनय रहेको छ ।         

नाटकमा राजकुमार आङदेम्बेको भाषा तथा भेषभूूषा, मनाङ लावतीको प्रप्स तथा लाइट डिजाइन, सन्तोष गिरीको ध्वनी, रचना लावतीको हाम्लाक्वा प्रस्तुति रहेको छ । यसैगरि प्राविधिकमा सञ्जय विश्वकर्मा, भाषा अनुवादमा डिल्ली मुसाहाङ अम्यङसा र यवा सर्दममा टंक केरुङ रहेका छन् ।           

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ३ : ४१ बजे