७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

पिपुल्स पावरको आयोजना प्रभावित स्थानीयले अनलाइनबाटै आइपियो आवेदन दिन सकिने – kiratsamachar



पिपुल्स पावर लिमिटेडको आइपियो अनलाइनबाट आवेदन दिन सकिने भएको छ ।

प्रभु क्यापिटलले आयोजना प्रभावित इलाम जिल्लाभरका स्थानीयहरुले पनि अनलाइनबाटै आईपीयोमा आवेदन दिन सक्ने सुविधा ल्याएको हो ।

यहि ८ असारदेखि बिक्री खुला गरेको पिपुल्स पावरको आईपियो २२ असारसम्म आवेदन दिन सकिने छ । यसैगरी इलाम जिल्लाका स्थानीयले अनलाइन मार्फत नै आवेदन दिन सक्ने क्यापिटलले जानकारी गराएको छ । यसैगरि ग्लोबल आइएमई बैकको इलाम शाखामा बाट पनि सकिने जनाइएको छ ।

इलामबासीले पिपुल्स पावरको शेयर कसरी भर्ने ?

प्रभु क्यापिटलको वेबसाइट आवेदन दिन सकिनेछ । https://ipoapply.prabhucapital.com
मार्फत आफ्नो व्यक्तिगत विवरण र स्थानीयका लागि तोकिएको कागजातसहित खरिद गर्न चाहेको कित्ता र रकम उल्लेख गरी आवेदन दिन सक्नेछन् ।

हित ग्राही खाता खोल्न बाँकी रहेका र हितग्राही खाता भएका दुवैले अनलाइनबाट आवेदन दिन सक्ने क्यापिटलले जानकारी गराएको छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १२ : ५८ बजे