किरात समाचार : झापाको दमकमा किरात लिम्बू भाषाको ‘ सिमिक्वा ‘ नाटक मन्चन हुने भएको छ । दमक स्थित कदम थ्रीएटरमा यहि असार २७ गतेदेखि ३० गतेसम्म किरात लिम्बू मिथकमा आधारित ‘सिमिक्वा’ नाटक मन्चन हुने भएको हो । चुलाचुली रंगमञ्च इलामको प्रस्तुति रहेको नाटक असार २७ गते आइतबार दिउसो ४ बजेदेखि कदम थ्रीएटरमा मन्चन हुनेछ । नाटक हेर्नको लागि टिकटदर रु २५० र रु ५०० को टिकट बिक्रि खुल्ला रहेकोे निर्देशक वनेम बिक्रम फागोले बताए । उनले भने ‘ टाढाबाट नाटक हेर्न आउने विशेष पारिवारीक आएमा छुट दिने फागोले जानकारी दिए ।’
‘सिमिक्वा’ नाटकको परिकल्पना तथा निर्देशन विक्रम वनेम फागोको रहेको छ । सहनिर्देशनमा चेतन आङ्थुपोले साथ दिएका छन् । कथा संकलन लेखक शिवकुमार श्रेष्ठको रहेको कथालाई नाट्य रुपान्तरण सुमन लिङदेनले गरेका छन् । किरात लिम्बू मिथकमा आधारित नाटकमा कलाकारहरु मिना नेम्बाङ (आम्मो),पासाङ ल्हामुु शेर्पा (छोरी), मनकुमार योङहाङ (यवा), शिखर लाम्गादे (च्याउ, चरा), सविरन राई (च्याउ, चरा), उज्वल घिमिरे (सानो चरा) लगायतको अभिनय रहेको छ ।
नाटकमा राजकुमार आङदेम्बेको भाषा तथा भेषभूूषा, मनाङ लावतीको प्रप्स तथा लाइट डिजाइन, सन्तोष गिरीको ध्वनी, रचना लावतीको हाम्लाक्वा प्रस्तुति रहेको छ । यसैगरि प्राविधिकमा सञ्जय विश्वकर्मा, भाषा अनुवादमा डिल्ली मुसाहाङ अम्यङसा र यवा सर्दममा टंक केरुङ रहेका छन् ।