२९ आश्विन २०८२, बुधबार | Thu Oct 16 2025
Breaking News

निर्देशक बिक्रम वनेमको निर्देशनमा पुर्वेली लोक गीत ‘देउराली वनमा’ सार्वजनिक ( भिडियो सहित )


रंगकर्मी तथा निर्देशक बिक्रम फागो वनेमको निर्देशनमा पुर्वेली लोक भाकामा सजिएको गीत ‘देउराली वनमा’ सार्वजनिक गरिएको छ ।

गीतकार, संगीतकार तथा गायक यादन सेर्मा नुनाम लिम्बूको शब्द, गायक तथा संगीतकार बि.बि. सेर्मा लिम्बूको संगीतमा संगीतकार स्वम र गायिका सृजना जवेगुको सुमधुर आवाजमा सजिएको पुर्वेली गीत ‘देउराली वनमा’ यादन सेर्मा लिम्बू अफिसियल युट्यूव च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो ।

दिनेश माङमु लिम्बुको कोरियोग्राफी तथा कार्यकारी निर्देशन रहेको भिडियोमा कृति मिभक लिम्बू र बि. बि. सेर्मा लिम्बूले अभिनय गरेका छन् । पान्थरको यासक, माङजाबुङ, वसाँगु, माझीटार, फेदेन र लब्रेकुटी लगायतका ऐतिहासिक स्थलहरुमा छयाँकन गरिएको माया प्रेम रसले भरिएको भिडियोमा सुजन श्रेष्ठ(ब्रदर्श प्रडक्सन दमक, झापा)को छायाँकन, सम्पादन तथा ड्रोन र प्रविन सेलिङ सेन्दोको सहायक छायाँकन रहेको छ ।

पदम रजान मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ रईले गरेका छन् ।

भिडियोमा ईश्वरी श्रेष्ठ(राई)(मनसुन हेयर कटिङ शैलुन दमक,झापा)को मेकअप, र अनिल थोप्रा लिम्बुको पोष्ट प्रडक्सन रहेको छ ।

(भिडियाे तल हेर्नुहाेस्ः)